समाचार

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी

२०८२ वैशाख ५ गते १५:०२

काठमाण्डू, ५ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरीएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाण्डूले उनलाई हाजिर जमानीमा छाड्न लागेको स्रोतले जानकारी...

चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष

२०८२ वैशाख ५ गते १४:२२

काठमाण्डू, ५ वैशाख– काठमाण्डूको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा भेटिएका छन । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल घाँटीमा चोट लागेपछि प्रहरीको सम्पर्कमा पुगेका छन । आक्रमण गर्नेहरूले...

सुदूरपश्चिममा एमाले विवाद उत्कर्षमा, रावललाई दलको नेताबाट हटाउन लेखराज–कर्ण एक ठाउँमा

२०८२ वैशाख ५ गते १४:१०

काठमाण्डू, ५ वैशाख– सत्ताको घटक दल एमालेले सुदूरपश्चिम र प्रदेश संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रमा केपी शर्मा ओलीनिकट नै रहेका नेताहरू प्रदेशमा एकअर्काको अस्तित्व स्वीकार गर्न तयार नभएपछि विवाद उत्कर्षमा स्रोत बताउँछ । माओवादी केन्द्रबाट आएका सचिव लेखराज भट्ट एमाले सुदूरपश्चिमको...

शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔंः महामन्त्री शर्मा

२०८२ वैशाख ५ गते १३:५७

काठमाण्डू, ५ वैशाख– सत्ताको प्रमुख घटकदल कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन । आज (शुक्रबार) राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । समिति बैठकमा शर्माले भने, ‘यहाँ आउदै गर्दा...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडमोड आरोपमा पक्राउ परेका ६ जनाको रिहा

२०८२ वैशाख ५ गते १३:५१

काठमाण्डू, ५ वैशाख– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा पकाउ परेका ६ जनालाई रिहाइ गर्ने फैसला भएको छ । पक्राउ परेका ६ जनालाई रिहा गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिएकी छन । उनीहरूको स्वास्थ्य परीक्षणपछि रिहा...

निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौः हृदयराम थानी

२०८२ वैशाख ५ गते १२:४९

काठमाण्डू, ५ वैशाख–निजामती विधेयकको प्रतिवेदनमा सत्ताको प्रमुख घटक दल नेपालीका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् । आज शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले फरक राय प्रस्तुत गरेका हुन । उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको...

राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

२०८२ वैशाख ५ गते १२:४२

काठमाण्डू, ५ वैशाख– निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले धर्ना दिएका हुन । ०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम...

पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन: माओवादी केन्द्र

२०८२ वैशाख ५ गते १२:३९

काठमाण्डू, ५ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती कर्मचारीमा अतिरिक्त सचिव आवश्यक नरहेको प्रतिक्रिया दिएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अतिरिक्त सचीव अनावश्यक नरहेको प्रतिक्रिया दिएका हुन...

मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

२०८२ वैशाख ५ गते ११:१४

काठमाण्डू, ५ वैशाख– मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन । मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर–५ बस्ने ५० वर्षीय निलमदेवी राउत रहेको...

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

२०८२ वैशाख ४ गते १७:५१

 काठमाण्डू, ४ वैशाख– गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन ।...

‘सत्ता फेर्नु प्रचण्डको योग साधना हो, जहाँ फलामलाई सुन बनाउँछन्’

२०८२ वैशाख ४ गते १७:१९

काठमाण्डू, ४ वैशाख– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व प्रधाननमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रमाथि व्यंग्य गरेका छन । रिमालले अर्का उपमहासचिव प्रदीप ज्ञवालीको अभिव्यक्ति सेयर गर्दै दाहालमाथि थप व्यंग्य गरेका हुन । रिमालले ज्ञवालीको अभिव्यक्ति...

रास्वपा केन्द्रीय समितिको बैठक जारी

२०८२ वैशाख ४ गते १७:००

काठमाण्डू, ४ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us