चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– काठमाण्डूको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा भेटिएका छन । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल घाँटीमा चोट लागेपछि प्रहरीको सम्पर्कमा पुगेका छन ।

आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन । उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिएका छन । स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनले प्रहरीलाई बताएका छन । प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्– ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us