
काठमाण्डू, ४ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल प्रवक्कता झाले जानकारी दिएका छन ।
साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा, विशेष रिपोर्टिङ (जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण)बारे छलफल हुनेछ ।