समाचार

राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने

२०८२ वैशाख ८ गते १७:०९

काठमाण्डू, ८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा बुधबार छिमेकी देश भारतको मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ...

बालुवाटारमा मन्त्रीपरिषद्को बैठक

२०८२ वैशाख ८ गते १७:०२

काठमाण्डू, ८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

२०८२ वैशाख ८ गते १६:३९

काठमाण्डू, ८ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा...

शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्ः प्रधानमन्त्री ओली

२०८२ वैशाख ८ गते १६:२७

काठमाण्डू, ८ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आग्रह गरेका हुन । आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री...

बूढानीलकण्ठको चपलीमा एक युवकको शव फेला

२०८२ वैशाख ८ गते १५:१५

काठमाण्डू, ८ वैशाख– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव फेला परेको छ । अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन । घटना शंकास्पद हुनसक्ने भन्दै...

मृत भेटिए गाउँपालिकाका कार्यालय सहयोगी

२०८२ वैशाख ८ गते १४:५२

काठमाण्डू, ८ वैशाख– खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी मृत अवस्थामा भेटिएका छन । रावाबेसी गाउँपालिका–१ कुभिण्डेका ५७ बर्षीय महेश रेग्मी गाउँकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । गोरेटो बाटोबाट करिब ८–९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा...

प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

२०८२ वैशाख ८ गते १४:४६

काठमाण्डू, ८ वैशाख– प्रहरीले प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ...

गभर्नरको मुद्दा पनि ‘हेर्न नभ्याइने’मा

२०८२ वैशाख ८ गते १४:४१

काठमाण्डू, ८ वैशाख– गभर्नर नियुक्तिसम्बन्धी मापदण्डको संशोधन कार्यान्वयन गर्न नहुने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन आज (सोमबार) पनि हेर्न नभ्याइने मा परेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएका कारण सुनुवाइ हुन नसकेको हो...

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीको नियन्त्रणमा

२०८२ वैशाख ८ गते १४:२२

काठमाण्डू, ८ वैशाख– शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई पक्राउ परेका छन । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शन गर्दै गर्दा एक जना शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए । त्यहीबेला शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्...

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

२०८२ वैशाख ८ गते १३:२०

काठमाण्डू, ८ वैशाख– प्रहरीले टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादव रहेको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’

२०८२ वैशाख ८ गते १३:०८

काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको हो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको...

भीम रावलको अभियानमा लागेको भन्दै एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित

२०८२ वैशाख ८ गते १२:२८

 काठमाण्डू, ८ वैशाख– भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिम प्रदेशका नेता बालगिरी कुँवरलाई निष्कासन गरेको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले कुँवरलाई निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम सचिव रण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us