कालीकोट, २० चैत – दुर्गम गाउँमा रहेको टेलिमिडिसिएनमा काठमाडौँबाट चिकित्सक पुगेपछि उपचार गराउनेको घुइँचो लागेको छ ।टेलिमिडिसिएन सेवाको स्थलगत अध्ययनका लागि टेली हेल्थ फाउन्डेसन काठमाडौँबाट सिप्खाना पुगेपछि उपचार गराउनेको सङ्ख्या बढेको हो । विसं ०६७ देखि कालीकोटको सिप्खानामा काठमाडौँका चिकित्सक मुनि शाक्यबाट उपचार हुँदै...
भक्तपुर, २० चैत – भक्तपुर जिल्ला अदालतले गत साउनदेखि फागुन मसान्तसम्म विभिन्न मुद्दाको दण्ड जरिवानाबाट करिब रु ७१ लाख असुली गरेको छ । अदालतले विभिन्न मुद्दामा गरी करिब रु पाँच करोड ६९ लाख जरिवाना असुली गर्नुपर्नेमा अझै चार करोड ९८ लाख जरिवाना असुली...
धनकुटा , १९ चैत– धनकुटा नगरपालिका–१५ बस्ने १८ बर्षीया जुनु राई सोही स्थान स्थित तमरनदीमा नुहाउने क्रममा बेपत्ता भएकी छन् । उनीसँगै नुहाउन गएकी १७ बर्षीया अनिसा राईलाई पनि नदीले बगाएकोमा खोजतलास गर्ने क्रममा घाईते अवस्थामा फेला परेकी थिइन् । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले...
चितवन,१९ चैत- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा संविधान बन्न नदिन प्रपञ्च भइरहेको हुँदा त्यसलाई रोक्न पत्रकार जगतसंग आग्रह गरेका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा स्थापित चिजकुमारी—विष्णुकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई बिहिबार नारायणगढमा सम्बोधन गर्दै उनले लोकतन्त्र बलियो भएको देख्न...
सिराहा , १९ चैत– ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले अयोध्यानगर–२ स्थित कच्ची सडकको नालामा बेवारिसे अबस्थामा रहेको प्लाष्टिकको बोरामा १ थान कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीले ३०३ राईफलको १ राउण्ड गोली र एसएलआरको १ राउण्ड गोली र अंदाजी १० के.जी.गाँजाको धुलो...
काठमाण्डु,१९ चैत- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानका अन्तर्वस्तुमा दलहरूबीच सहमति जुट्नेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्करसँग बिहिबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले दलीय सहमतिका लागि राजनीतिक दलहरू छलफलमा रहेकाले चाँडै नै सहमति...
सल्यान,१९ चैत- सल्यानको दमाचौरमा भिरबाट खसेर बिहिबार एकजनाको मृत्यु भएको छ । दमाचौर गाविस–८ दखोलाका ५५ वर्षीय चुडामणि केसीको भिरबाट खसेर मृत्यु भएको हो । घरबाट घाँस काट्न भनेर हिंडेका केसी लामो समयसम्म पनि नफर्केपछि खोजी गर्न जाँदा लडेर मृत्यु भएको अवस्थामा...
काठमाण्डु,१९ चैत- प्रधानन्यायाधीश रामकुमारप्रसाद साहबाट सार्वजनिक भएका अभिव्यक्ति र चार वर्षअघि वरिष्ठतम् न्यायाधीशको कार्यदलले पेस गरेको प्रतिवेदनलाई नै मुख्य आधार बनाएर बिहिबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतलाई पत्रको जवाफ पठाएको छ । प्रधानन्यायाधीश साहले आफ्नो नियुक्ति पूर्व संसदीय सुनुवाइ विशेष समितिमा अभिव्यक्ति दिने...
काठमाण्डु,१९ चैत- भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सुदृढ बनाउन यसपटक आफूले पनि उम्मेदवारी दिने बताउँदै त्यसमा नेपालको साथ र समर्थनका लागि अनुरोध गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्करले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बिहिबार परराष्ट्र मन्त्रालय भएको...
काठमाण्डु, १९ चैत– चिकित्सा क्षेत्रको विकृति र मेडिकल कलेजहरूको नयाँ समबन्धनलाई लिएर अनशनरत डा।गोविन्द केसीले तोडेका छन् । सरकारसँग एघार सुत्रीय लिखित सहमति भएपछि केसीले बिहीबार साढे तीन बजे १२ दिनको अनशन तोडेका हुन् । केसीलाई जुत्ता सिलाउने पेशा गर्दै आएका सत्यनारायण राम र...
काठमाण्डु,१९ चैत- तामाङ जातिको महत्वपूर्ण संस्कृतिका रुपमा रहेको‘स्वयम्भू चैते पूर्णे’मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याइएको छ । विश्व सम्पदा सूचीमा परेको स्वयम्भूमा प्रत्येक वर्ष हुने उक्त मेलाबारे जानकारी दिन मेला मूल व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेको थियो । चैत...
काठमाण्डु, १९ चैत– धेरैले सोचेका थिए, पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट फर्किएपछि निर्मल निवासमा बस्नेछन् । तर, यो अनुमान फेल खाएको छ । धेरै वर्षपछि बिहीबार स्वदेश फर्केका पारस निर्मल निवास गएनन् । कारण हो, पारसलाई निर्मल निवास जान रोक लगाइनु । स्रोतका अनुसार पूर्वराजा...