समाचार

गद्धारी गरेको भन्दै दीनानाथलाई एमाओवादीबाट हटाउन माग

२०७१ चैत २० गते ८:२८

काठमाण्डु, २० चैत– एकीकृत माओवादीको बागलुङ जिल्ला कमिटीले प्रवक्ता दीनानाथ शर्मालाई कारबाही सिफारिस गरेको छ । केही दिनअघि बसेको जिल्ला कमिटी बैकठले शर्मालाई कारबाही सिफारिस गरेको हो । प्रवक्ता र केन्द्रीय समिति दुवैबाट हटाउन आग्रह गर्दै जिल्ला कमिटीले एकमतले निर्णय गरेको एमाओवादी बागलुङ संयोजक...

पार्टीभित्रको गुट–उपगुट अन्त गर्न मेरो उम्मेद्वारीः कोइराला

२०७१ चैत २० गते ८:२७

इलाम,२० चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकमा बढ्दै गइरहेको अस्थिरता अन्त्य गर्न छिटो संविधान निर्माण गर्नाको विकल्प नरहेको बताएकी छन् । नेपाल प्रेस युनियन इलामद्वारा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुृपर्नेमा जोड दिइन् ।  ...

भारतीय डेरामा एक्लै छाडेर पतिले दोश्रो विवाह गरेपछि…

२०७१ चैत २० गते ८:१३

लहान,२० चैत-सिरहाको राजपुर गाविसमा प्रेम विवाह गरेकी एक किशोरीले आफ्ना पतिले आफूलाई ढाँटेर पुनः दोस्रो विवाह गरेको भन्दै कानुनी अधिकारका लागि सघाउन आग्रह गरेकी छन् ।   सिरहाको राजपुर गाविस–७ का कारी यादवका छोरा २० वर्षीय दिनेशले गत माघमा पल्टीदेवी ९रञ्जिता० मुखियासँग भागेर प्रेम...

उपनिर्वाचन नमुना बनाउने निर्वाचनको आयोगको तयारी

२०७१ चैत २० गते ७:३१

बागलुङ,२० चैत- चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।   निर्वाचन सञ्चालन र व्यवस्थापनको काम तीव्र रुपमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन गराउन आयोग अन्तिम तयारीमा जुटेको आयुक्त दोलखबहादुर गुरुङले...

१८ सय वर्ष कैद असुली गर्ने कैदीको खोजी गरिदै

२०७१ चैत २० गते ७:१४

गौशाला,२० चैत- महोत्तरी जिल्ला अदालतबाट विभिन्न समयमा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिबाट एक हजार ८ सय वर्षभन्दा बढी कैद असुली गर्न बाँकी छ । न्यायाधीश प्रकाश खरेलले विसं २००१ देखि नै विभिन्न मुद्दाका फरार अभियुक्तबाट एक हजार ८ सय वर्ष चार महिना २५ दिन...

चट्याङ लागेर २ महिलाको मृत्यु

२०७१ चैत २० गते ७:०३

विराटनगर,२० चैत- ओखलढुङ्गामा बिहीबार अपराह्न फरक फरक ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ ।   रगनी गाविस–६ बस्ने ४५ वर्षीया नीरकुमारी बेढा र बिलन्टु गाविस–६ बस्ने १५ वर्षीया कण्डी शेर्पाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनीहरु आआफ्नै...

सर्वाेच्चको फैसला सच्याउन माग गर्दै माओवादीले बुझाए ज्ञापनपत्र

२०७१ चैत २० गते ५:४६

काठमाण्डु, २० चैत–एमाओवादीसहितका माओवाद मान्ने ६ पार्टीले प्रधानमन्त्री सुशील कोइरालालाई सर्वाच्चले गरेको फैसलाका विरुद्धमा आठ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्रीलाई भेटेरै उनीहरुले फागुन १४ गते सर्वोच्च अदालतले गरेको घोषणा त्रुटिपूर्ण भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन् । ज्ञापनपत्रमा...

दाँतको उपचारका गर्दा गयो ६ वर्षीय बालकको ज्यान

२०७१ चैत २० गते ४:३२

महोत्तरी, २० चैत–दाँत उपचारका क्रममा महोत्तरीको पिपरा गाविसमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–१ बस्ने अजय यादवका छोरा ६ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । पिपरा–२ स्थित बजारमा रहेको डा। अजित मिश्रको...

मर्ने बेलामा पनि सरकारले किन दुःख दिएको होला ?

२०७१ चैत २० गते ४:०६

सरकारले बैंकिङ प्रणाली लागू गरेपछि सामाजिक सुरक्षा भत्ता बुझ्न हैरानी भएको जेष्ठ नागरिकको गुनासो म्याग्दी, २० चैत– वृद्धवृद्धा अशक्तसहितका नागरिकका लागि छुट्याइएको सामाजिक सुरक्षा भत्ता वितरणमा म्याग्दीको बेनी नगरपालिकाका भत्तावाहकले हैरानी बेहोर्ने गरेका छन् । उनीहरुले मङ्सिरदेखि फागुनसम्मको चौमासिक वृद्धभत्तासमेत अझैसम्म पाएका छैनन् ।...

लघुजलविद्युत्का उद्यमीले पाउने भए अनुदान

२०७१ चैत २० गते ३:१०

  म्याग्दी, २० चैत – म्याग्दीको ग्रामीण क्षेत्रमा सञ्चालित लघुजलविद्युत् परियोजनाद्वारा उत्पादित विद्युत्को प्रयोग गरी उद्यम, व्यवसाय गर्नेहरुलाई अनुदान उपलब्ध गराएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङद्वारा सञ्चालित दिगो ग्रामीण जीविकोपार्जन प्रवद्र्धन...

प्रचण्डले बन्दुकको भाषा बोलेर शान्ति सम्झौताको उल्लंघन गरे : गौतम

२०७१ चैत २० गते ३:०५

सुर्खेत, २० चैत–उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एमाओवादीले जातीय युद्ध मच्चाउन खोजेको बताएका छन् । भेरी बबई बहुउदेश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री गौतमले माओवादीले हिमाल, पहाड र तराइलाई अलग्याएर जातीय युद्ध मच्चाउन खोजेको आरोप लगाएका हुन् । गौतमले सहमतिको सम्भावना...

तीन करोडको भवन बनी नसक्दै भत्कियो

२०७१ चैत २० गते २:३८

मोरङ, २० चैत – मोरङको उर्लाबारीस्थित मङ्गलबारे खानेपानी आयोजनाका कार्यालय भवन निर्माण कार्य सम्पन्न हुन नपाउँदै भत्किन थालेको छ । कार्यालय भवनका ढोका भत्किन थालेका छन् । खानेपानी आयोजना परिसरलाई स्थानीयवासीले फोहोर फ्याँक्ने ‘डम्पिङ साइट’ बनाएको छ । करिब ३० लाख खर्चिएर बनाइएको खानेपानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us