समाचार

बालिका बलात्कार गर्नेलाई १३ वर्ष कैद

२०७१ चैत २४ गते ५:१७

कैलाली, २४ चैत– जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । चौध वर्षमुनिकी ती बालिकालाई बलात्कार...

महोत्तरीमा यात्रुवाहक बसमा तोडफोड

२०७१ चैत २४ गते ५:१०

महोत्तरी, २४ चैत– तीस दलीय मोर्चाका नेता कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज।१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । तीस दलको...

पोखरामा सात आन्दोलनकारी गिरफ्तार

२०७१ चैत २४ गते ४:५४

पोखरा, २४ चैत– पोखरामा बन्द गराउँदै हिँडेका एमाओवादी सम्बद्ध सात कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा वाइसिएल कास्कीका सन्तोस स्वनाम, बमबहादुर कार्की, भोजराज खत्री, सुनाम राई, अशोकजंक पाण्डे रहेका छन् भने अन्य दुई जनाको नाम खुल्न सकेको छैन । एमाओवादी मोर्चाको बन्दका कारण...

आन्दोलकारीले बिजुलीबजारमा मोटरसाइकल जलाए, एक जना गिरफ्तार

२०७१ चैत २४ गते ४:३४

काठमाण्डु, २४ चैत–एमाओवादी मोर्चाले आयोजना बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बिजुलीबजारको भाटभटेनी नजिकै बा६६प ७२०६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुको बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै आगो लगाइएको बताइएको छ । प्रहरीले आगो लगाउँदै गरेको अवस्थामा एक आन्दोलनकारीलाई पक्राउ गरेको छ ।...

१४ वर्षीया बालिका झुन्डिएको अवस्थामा भेटिइन्

२०७१ चैत २४ गते ४:०३

सिन्धुपाल्चोक, २४ चैत– सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ को वनगाउँमा १४ वर्षीया एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् । सोमबार दिउँसो घाँस काट्न जान्छु भनी वरमुनिको घाटेको झार जङ्गलमा गएर सलको पासो लगाई आत्महत्या गरेकी हुन् । कक्षा ५ मा अध्ययनरत शर्मिला मिजार घरबाट निस्किएकी...

कञ्चनपुरमा तीन लाखले हात्तीपाइले रोगविरुद्ध औषधि खाए

२०७१ चैत २४ गते ३:३८

कञ्चनपुर, २४ चैत– यो वर्ष कञ्चनपुरमा तीन लाख ९८ हजार ७१९ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा नौ प्रतिशतले बढी हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कुल जनसङ्ख्याको ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका...

आन्दोलनकारीले कोटेश्वरमा ट्याक्सी जलाइदिए

२०७१ चैत २४ गते ३:०१

काठमाण्डु, २४ चैत– एमाओवादीको नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वर–बालकुमारीमा मंगललबार बिहान एउटा ट्याक्सी जलाइदिएको छ । सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले आज नेपाल बन्दको घोषणा गरेको छ । त्रिभुवन विमानस्थलमा आफन्तलाई पु¥याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज...

राजधानीमा प्रहरी र बन्दकर्ताबीच झडप, हिमाल शर्मा घाइते

२०७१ चैत २४ गते १:१७

काठमाण्डु, २४ चैत- एकीकृत माओवादीसहित ६ माओवादीले आह्वान गरेको आमहड्तालको पहिलो दिन मंगलबार बिहानै प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । बबरमहल र बानेश्वरको बीचमा रहेको बिजुलीबजार पुल नजिकै दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा एमाओवादी युवा नेता एवं काठमाण्डु अध्यक्ष हिमाल...

आम हड्तालले जनजीवन प्रभावित, बन्दकर्ताप्रति सरकारी रबैया कडा

२०७१ चैत २४ गते १:१४

काठमाण्डु, २४ चैत- एकीकृत माओवादीसहित ६ माओवादी घटकले आह्वान गरेको आमहड्तालको पहिलो दिन सोमबार काठमाण्डुसहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि राजधानी भित्रने र बाहिरिने सवारी साधन चलेका छैनन् । बन्दले बजार, शिक्षण संस्था र कलकारखाना ठप्प छन् । सडकका चोकचोकमा...

प्रचण्डका छोरी र ज्वाईं एकाबिहानै काठमाण्डुबाट पक्राउ, बन्दकर्तामाथि प्रहरी दमन

२०७१ चैत २४ गते ०:५२

काठमाण्डु, २४ चैत- प्रहरीले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई काठमाण्डुबाट पक्राउ गरेको छ । तीन दिने आमहड्तालको पहिलो दिन बन्द गराउन सडकमा उत्रिएलगत्तै उनीहरु बिहान ६ बजे बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ परेकालाई महानगरीय...

विपक्षी मोर्चाको राजधानीमा मसाल जुलुस

२०७१ चैत २३ गते १४:१०

काठमाण्डु, २३ चैत– मंगलबारदेखि हुने भनिएको आमहड्तालको पूर्वसन्ध्यामा तीस दलीय मोर्चाले राजधानीमा मसाल जुलुस निकालेको छ । एमाओवादी नेतृत्वमा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको हो । राजधानीका बागवजार, रत्नपार्क लगायतका स्थानबाट मसाल जुलुस निकालिएको जनाइएको छ ।     उता, ३० दलीय मोर्चाले...

दुधकोशीमा माछा मार्दा नदीले बगायो

२०७१ चैत २३ गते १३:११

सोलुखुम्बु, २३ चैत– दुधकोशी नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । देउसा–१ बस्ने शुकमान राईका १४ वर्षीय छोरा तेजबहादुर राई मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us