समाचार

अरु पार्टीका ६ सय जनालाई पार्टी प्रवेश गराउँदै के भने कमल थापाले ?

२०७३ पुष २८ गते १९:४०

काठमाण्डु, २८ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् ।   बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताए ।   अध्यक्ष थापाले मुलुकमा करिब ७०...

केपी ओलीको दाबी– म जत्तिको शिष्ट र सही कम्युनिष्ट नेता अरु छैनन्

२०७३ पुष २८ गते १९:३३

काठमाण्डु, २८ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को बिहीबार राधजानीमा लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री...

पेरिसडाँडाबाट आयो प्रचण्डको यस्तो दाबी, अब के गर्लान् काँग्रेस र एमाले ?

२०७३ पुष २८ गते १७:३७

काठमाण्डु, २८, पुस– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सबै निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै उनले प्रचण्डले वैशाख अन्तिम वा जेठ पहिलो...

घडी चोर आरोपी सांसद खतिवडाले पाए ‘क्लिन चिट’, घडी साहुबाटै आयो यस्तो प्रष्टीकरण

२०७३ पुष २८ गते १५:००

काठमाण्डु, २८ पुस– पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका कान्छा छोरा प्रवलमानसिंह गुरुङको १५ लाख मूल्य पर्ने रोलेक्स घडी चोरेको आरोप लागेका काँग्रेस ओखलढुंगा–२ का सांसद तथा युवा नेता रामहरि खतिवडाले ‘क्लिनचिट’ पाएका छन । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रवलले सांसद खतिवडामाथि आफ्नो घडी चोरेको आरोप...

शंकर पोखरेलले सार्वजनिक गरे एमालेको प्लान !

२०७३ पुष २८ गते १४:३४

बुटवल, २८ पुस– एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन् । संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको...

एमाले र माओवादीबीच सहमति भएको उर्जामन्त्रीको खुलासा

२०७३ पुष २८ गते १४:२७

अर्घाखाँची, २८ पुस– ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमालेसँग सहमति भएको बताएका छन् । प्रेस सेन्टर नेपालले बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त...

प्रचण्डसँग राष्ट्रपति फायर, यस्तो छ कारण

२०७३ पुष २८ गते १४:१३

काठमाण्डु, २८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट भएकी छन् । पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा नदिइएकामा राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेको शीतलनिवास स्रोतले जनाएको छ । केही दिनअघि राप्रपा प्रमुख सचेतक दीलनाथ गिरी नेतृत्वको टोलीले राष्ट्रपति भण्डारीलाई भेटी पृथ्वीजयन्तीमा सार्वजनिक बिदा...

प्रचण्ड सरकारमा फेरबदल हुँदैछः राणा

२०७३ पुष २८ गते १३:५८

भक्तपुर, २८ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेशी मोर्चाको सहमतिबिना कुनै पनि निर्वाचन सम्भव नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरी गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नहुने...

तस्करसँग मिलेर ३३ किलो सुन पास गराउने दुई अधिकृत पक्राउ

२०७३ पुष २८ गते १३:१९

काठमाण्डु, २८ पुस– तस्करसँग मिलेर ३३ किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्न सघाएको आरोपमा प्रहरीले विमानस्थल भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ ले भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । ब्युरोका प्रमुख...

माओवादी धादिङको अध्यक्षमा शालीकराम जमकट्टेल

२०७३ पुष २८ गते १२:१६

धादिङ, २८ पुस– नेकपा माओवादी केन्द्रको धादिङ जिल्ला समिति अध्यक्षमा शालीकराम जमकट्टेल निर्वाचित भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका जमकट्टेल माओवादी केन्द्रको केन्द्रीय समितिका पोलिट्ब्युरो सदस्य हुन् । चौथो जिल्ला सम्मेलनले जमकट्टेलको नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति चयन गरेको हो...

जिप दुर्घटनामा १५ घाइते

२०७३ पुष २८ गते ११:४५

डडेल्धुरा, २८ पुस– डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।   डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो ।     दुर्घटनामा परी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us