समाचार

कोसीटप्पुका अर्ना चितवनमा सारियो

२०७३ माघ १४ गते १२:२५

काठमाण्डु, १४ माघ – कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपुर्याइएको छ । ती अर्नालाई वनमन्त्री शङ्कर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्कालगायतको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा आजै छोडिने कार्यक्रम रहेको...

प्रधानमन्त्रीले गरे तीन नेपालीको उद्धार

२०७३ माघ १४ गते १२:०५

काठमाण्डु, १४ माघ – प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौँको अवतार ह्युमन...

जीर्ण सडकमा जोखिमपूर्ण यात्रा, सम्बन्धित निकायको ध्यान पुग्न सकेन

२०७३ माघ १४ गते ११:५९

काठमाण्डु, १४ माघ सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलखण्डको सडक जीर्ण बन्दै गएको छ । झन्डै ३९ किमी जीर्ण सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षात्का समयमा सडकमाथिको पहाडबाट आउने पहिरोले ढुङ्गा र माटो बगाउँदै सडकमा थुपारेका कारण पनि सडकको अवस्था बिग्रँदै गएको हो ।...

काठमाडौंसहित पश्चिमी भेगमा हिमपातसँगै वर्षा

२०७३ माघ १४ गते ११:४५

काठमाण्डु, १४ माघ पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ । पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ...

प्रधानमन्त्री प्रचण्ड बोल्दा बोल्दै विद्युत् बन्द भएपछि…

२०७३ माघ १४ गते ११:११

काठमाण्डु, १४ माघ नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर्वत महोत्सवको उद्घाटन...

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

२०७३ माघ १४ गते ११:०२

काठमाण्डु, १४ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्। बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पर्वत महोत्सवको उद्घाटनका लागि आएका प्रधानमन्त्री दाहालले फर्किने बेला...

बर्दियामा ८८ जना कुष्ठरोगका बिरामी भेटिए

२०७३ माघ १४ गते १०:३१

काठमाण्डु, १४ माघ कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी...

दुर्घटनामा चारको मृत्यु, नौ घाइते

२०७३ माघ १४ गते १०:२६

काठमाण्डु, १४ माघ दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी र्दिए । दुर्घटनामा परी स्थनीयवासी डोजरका...

दुर्घटना न्यूनीकरण गर्न सडकमै पुराण

२०७३ माघ १४ गते १०:२१

काठमाण्डु, १४ माघ – सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो । नमुना भजनकीर्तन...

भ्रष्ट कर्मचारी तह लगाउन कुलमानले मागे जनतासँग गुहार !

२०७३ माघ १३ गते २०:३९

काठमाण्डु, १३ माघ– नेपाल विद्युत प्राधिकरणले अनौठो सूचना जारी गरेको छ । प्राधिकरणले मिटर रिडिङ गर्ने कर्मचारी नआए आफैं रिडिङ गरेर बिलअनुसार शुल्क तिन सार्वनजिक सूचना जारी गरेको हो । प्राधिकरणले लामो समयसम्म एकै ठाउँमा बसेका मिटर रिडरले ग्राहकसँग मिलेर मिटर बिगार्ने गरेकाले त्यस्तो...

पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

२०७३ माघ १३ गते २०:१९

काठमाण्डु, १३ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित पक्राउ परेका एक चिनियाँ नागरिकलाई प्रहरीले बिहीबार नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाइएको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक वइविन हि रहेका छन् । उनलाई बुधबार राति १० बजे ड्रागन एयरबाट हङ्कङ जान लागेको अवस्थामा विमानस्थलबाट...

चुनाव जित्न भ्रष्टाचार गर्ने नेतालाई आपत !

२०७३ माघ १३ गते २०:१५

काठमाण्डु, १३ माघ– निर्वाचनमा फजुल खर्च गर्ने पार्टी र उम्मेदवारमाथि अब कारबाही हुने भएको छ । व्यवस्थापिका– संसद राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले तयार पारेको ‘निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक’ मा निर्वाचन अपराध गर्नेलाई २५ हजारदेखि तीन लाखसम्म जरिवाना र ६ महिनादेखि दुई वर्षसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us