समाचार

फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव: निर्वाचन आयोग

२०७३ फागुन ३ गते १६:२८

काठमाण्डु, ३ फागुन–निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु...

अखिल (क्रान्तिकारी) को स्ववियू अध्यक्षहरुको उम्मेदवारी घोषणा (नामावलीसहित)

२०७३ फागुन ३ गते १६:१०

काठमाण्डु, ३ फागुन–अखिल क्रान्तिकारीले स्ववियू चुनावलाई मध्यनजर गर्दै अध्यषको नामावली प्रकाशन गरेको छ । मंगलबार भएको कार्यक्रममा उक्त नामावली प्रकाशन गरेको हो । अखिल (क्रान्तिकारी) ले २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीको आधारमा आगामी फागनु १४ गते स्ववियू निर्वाचन हुन गईरहेको निर्वाचनलाई मध्यनजर...

राप्रपाले महाधिवेशन उद्घाटनको लाइभ टेलिभिजन, युट्युव र फेसबुकबाट गर्ने

२०७३ फागुन ३ गते १५:३२

काठमाण्डु, ३ फागुन–सत्तासीन राप्रपाले आफ्नो महाधिवेशनलाई ’हाइटेक’ बनाउने भएको छ। महाधिवेशन प्रचार समितिले मंगलबार पत्रकार सम्मेलन गरी टेलिभिजन, रेडियोबाहेक युट्युव र फेसबुकबाट पनि महाधिवेशन उद्घाटनको लाइभ गर्ने जानकारी गराएको हो। राप्रपा महामन्त्री एवं महाधिवेशन प्रचार समितिका संयोजक राजेन्द्र लिङदेनले मतदानका लागि नेपालमै निर्मित विद्युतीय...

भारतद्वारा निर्वाचनका लागि सीमा नाका बन्द

२०७३ फागुन ३ गते १५:२६

काठमाण्डु, ३ फागुन–कैलाली र कञ्चनपुरका सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी...

बायोमेट्रिक प्राणाली खारेज गर्न सरकारलाई ७ दिने अल्टिमेटम

२०७३ फागुन ३ गते १५:२१

काठमाण्डु, ३ फागुन–वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परिक्षण प्रक्रिया खारेज गर्न ७ दिने अल्टिमेटम दिएको छ । संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरेर एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परिक्षण खारेज नगरे आन्दोलनमा उत्रने...

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु

२०७३ फागुन ३ गते १५:०८

काठमाण्डु, ३ फागुन–जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको...

सर्वोच्चले भन्योः प्राधिकरणका सिईओ पोखरेललाई काम गर्न देउ

२०७३ फागुन ३ गते १४:५४

काठमाण्डु, ३ फागुन–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. गोविन्द पोखरेललाई प्राधिकरण प्रमुखका रुपमा काम गर्न बाटो खुलेको छ। आफूलाई पदबाट हटाइएकाले पूर्ववत् अवस्थामा काम गर्न दिन माग गर्दै सुशील ज्ञवालीले दायर गरेको रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु...

वातारण संरक्षण परिषद्मा विषशेषज्ञको नियुक्ती

२०७३ फागुन ३ गते १४:४७

काठमाण्डु, ३ फागुन– सरकारले वातारण संरक्षण परिषद्मा विषशेषज्ञ नियुक्त गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा २०६५ सालदेखि विशेषज्ञ नियुक्त हुन् सकेको थिएन । मन्त्रिपरिषद बैठकले माधव कार्की, दिनेश भूजु , सिद्धार्थबज्र बज्रचार्य, रमेशप्रसाद भुसाल, कुशल गुरुङ, निता सिंह र कृष्णबदन नकर्मीलाई परिषद्को विज्ञ...

दुर्घटना न्यूनीकरण गर्न स्टिलबार

२०७३ फागुन ३ गते १४:१७

काठमाण्डु, २ फागुन– दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ । विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना...

काभ्रेमा महिला पत्रकारका लागि तालिम

२०७३ फागुन ३ गते १४:०७

काठमाण्डु, २ फागुन– नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले मंगलबार शुभारम्भ गर्दै पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए...

प्रहरी प्रवक्तामा सर्वेन्द्र खनाल नियुक्त

२०७३ फागुन ३ गते १२:५६

काठमाण्डु, २ फागुन–नेपाल प्रहरीको प्रवक्तामा एसएसपी सर्वेन्द्र खनाललाई तोकिएको छ । केही दिन अगाडी मात्र अपराध महाशाखाबाट प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका खनाल सोमबारबाट प्रहरी प्रवक्ता तोकिएका हुन् । अवकाश हुनु अघि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खनाललाई प्रहरी प्रवक्त तोकेका थिए ।...

यी दुई गाउँ जहाँ महिलाको अझै नागरिकता छैन्

२०७३ फागुन ३ गते १२:२७

काठमाण्डु, ३ फागुन–भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता बनाएका छैनन् । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन् । विसं २०६०÷६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us