समाचार

जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

२०८२ कार्तिक १९ गते १७:२३

काठमाण्डू, १९ कात्तिक– भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीस अजीज मुसलमानको संयुक्त इजलासले जाँचबुझ आयोगको वैधतामाथिको रिटमा लिखित जवाफसहित कारण पेश गर्न...

प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९ गते १७:२०

काठमाण्डू, १९ कात्तिक– सर्वेच्चले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासले प्रधानमन्त्री कार्कीको नियुक्तिको विषयमा राष्ट्रपति कार्यालयसहितको नाममा...

हाम्रो अग्निपरीक्षा सुरु हुँदैछ, जनताले नियालिरहेका छन्ः माधव नेपाल

२०८२ कार्तिक १९ गते १७:१५

काठमाण्डू, १९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न राजनीतिक पार्टीहरु मिलेर बनेको नयाँ पार्टी र नेताहरूको अग्निपरीक्षा सुरु भएको बताएका छन् । आज (बुधबार) भएको एकता सभा तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो तर्क गरेका हुन...

जेनजीहरूलाई माधव नेपालले भनेः आउनुहोस्, हातेमालो गरौं

२०८२ कार्तिक १९ गते १७:१२

काठमाण्डू, १९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरेका छन । आज (बुधबार) कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई...

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छः बामदेव गौतम

२०८२ कार्तिक १९ गते १७:०७

काठमाण्डू, १९ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने धारणा राखेका छन । आज (बुधबार) काठमाण्डूमा नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो सधैँभरी महिना...

वामदेव गौतमले मागे पार्टी र नेतृत्वको आर्थिक स्रोत

२०८२ कार्तिक १९ गते १७:०३

काठमाण्डू, १९ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेवले पार्टीको आर्थिक स्रोत के हो त्यसमा प्रस्ट पार्न संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसँग माग गरेका छन । आज (बुधवार) भएको एकता सभामा बोल्दै गौतमले नेताहरूको आर्थिक स्रोत स्पष्ट पार्न आग्रह गरेका हुन् ।...

मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु

२०८२ कार्तिक १९ गते १६:३९

काठमाण्डू, १९ कात्तिक– काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय चालक किसिम राई रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । बा–५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको...

आजको एकता कम्युनिस्ट आन्दोलन एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छः नारायाणकाजी

२०८२ कार्तिक १९ गते १६:३५

काठमाण्डू, १९ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका नेता नारायाणकाजी श्रेष्ठले आजको एकता घोषणा कम्युनिस्ट आन्दोलनले समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बनाउनुपर्ने तर्क गरेका छन । आज (बुधबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित एकता सभामा सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन । ‘यो पार्टी एकता नेपाली...

नेपाली कम्युनिस्ट पार्टी घोषणाः संयोजक प्रचण्ड, सहसंयोजक माधव

२०८२ कार्तिक १९ गते १६:३२

काठमाण्डू, १९ कात्तिक– विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा भएको छ । आज (बुधबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाण्डूमा जारी...

नेपाली कम्युनिस्ट पार्टी घोषणाः संयोजक प्रचण्ड, सहसंयोजक माधव

२०८२ कार्तिक १९ गते १६:२८

काठमाण्डू, १९ कात्तिक– विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा भएको छ । आज (बुधबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ...

नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक गर्‍यो २३ बुँदे घोषणापत्र

२०८२ कार्तिक १९ गते १६:२४

काठमाण्डू, १९ कात्तिक– विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको छ । आज (बुधबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरीएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा माओवादी र...

झलनाथलाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरीयता

२०८२ कार्तिक १९ गते १५:५५

काठमाण्डू, १९ कात्तिक– आज (बुधबार) घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने पक्का भएको छ । आज (बुधबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति गरेको स्रोतले जानकारी दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us