समाचार

अतिरिक्त स्वास्थ्य सचिव बारकोटीद्वारा राजीनामा

२०८२ कार्तिक २५ गते १५:२०

काठमाण्डू, २५ कात्तिक– अतिरिक्त स्वास्थ्य सचिव डा. टंक प्रसाद बारकोटीले आफ्नो पद राजीनामा दिएका छन् । हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत उनले राजीनामा दिएका हुन् । उनको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका...

देउवा दम्पतीमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण होः ज्ञानेन्द्र कार्की

२०८२ कार्तिक २५ गते १४:५०

काठमाण्डू, २५ कात्तिक– पूर्व मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथिको आक्रमण समग्र लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन । आज (मंगबलबार) कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रममा कांग्रेस नेता कार्कीले...

युवा संघले टोलदेखि प्रदेशसम्म युथफोर्स गठन गर्ने

२०८२ कार्तिक २५ गते १४:४४

काठमाण्डू, २५ कात्तिक– एमाले निकट राष्ट्रिय युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ । देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ । अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष...

आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौंः अर्थमन्त्री खनाल

२०८२ कार्तिक २५ गते १४:३९

काठमाण्डू, २५ कात्तिक– अर्थमन्त्री रामेश्वर खनालले सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएका छन । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमशस् कार्यान्वयन गर्न थालिएको अर्थमन्त्री खनालले बताएका छन । आज (मंगलबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

२०८२ कार्तिक २५ गते १३:५१

काठमाण्डू, २५ कात्तिक– १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरीएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो । यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ...

धनुषामा मिटरब्याज पीडित महिलाको बीभत्स हत्या

२०८२ कार्तिक २५ गते १३:४५

काठमाण्डू, २५ कात्तिक– धनुषामा एक महिलाको बीभत्स हत्या गरीएको छ । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरीएको हो । सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला...

भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छः अर्थमन्त्री खनाल

२०८२ कार्तिक २५ गते १३:४१

काठमाण्डू, २५ कात्तिक– अर्थमन्त्री रामेश्वर खनालले खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति भएको दाबी गरेका छन । आज (मंगलबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन । उनले अन्तर्राष्ट्रिय...

मैले शपथ खुवाउन दबाब दिएँ, प्रदेश प्रमुखले बर्दिबास बोलाउनु भयोः मुख्यमन्त्री यादव

२०८२ कार्तिक २५ गते १३:३१

काठमाण्डू, २५ कात्तिक– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको खुलाएका छन । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् । बिहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको...

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार

२०८२ कार्तिक २५ गते १३:२४

काठमाण्डू, २५ कात्तिक– मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन । ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरु मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ । नेपालको संविधानको धारा १६८ को...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ कार्तिक २५ गते १२:५२

काठमाण्डू, २५ कात्तिक– सोमबार राति हुम्लामामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेको मुगु प्रहरीले जनाएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको...

जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ

२०८२ कार्तिक २५ गते १२:४३

काठमाण्डू, २५ कात्तिक– प्रहरीले गत २४ भदौमा भएको भएको जेनजी समुहको आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको...

एकैदिन करिब ५ हजार बढ्यो सुन भाउ

२०८२ कार्तिक २५ गते १२:३६

काठमाण्डू, २५ कात्तिक– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । आजका लागि सुन प्रतितोला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us