समाचार

निर्वाचन आयोगको सर्भरमा समस्या

२०८२ कार्तिक २७ गते १५:३८

काठमाण्डू, २७ कात्तिक– सरकारले मतदाता नामावली दर्ता गर्न तोकेको समय सीमा सकिन अब तीन दिन मात्र बाँकी छ । तर, निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेकाहरूले सास्ती भोग्न बाध्य छन । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाण्डूमा मतदाता...

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छः प्रदीप पौडेल

२०८२ कार्तिक २७ गते १५:३३

काठमाण्डू, २७ कात्तिक– कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन । धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी...

नियमित महाधिवेशन नै साझा मिलनबिन्दु हुनुपर्छः भीष्मराज आङ्देम्बे

२०८२ कार्तिक २७ गते १५:२९

काठमाण्डू, २७ कात्तिक– कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने तर्क गरेका छन । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा जारी कांग्रेसको केन्द्रीय समितिको बैठकमा आज (बिहिबार) बोल्दै कांग्रेस सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन । उनले नियमित महाधिवेशन नै सबैको मिलन बिन्दु...

राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैनः शंकर पोखरेल

२०८२ कार्तिक २७ गते १४:५९

काठमाण्डू, २७ कात्तिक– एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौका घटनाहरूलाई सुनियोजित षडयन्त्र भएको बताएका छन । आज (बिहिबार) नेपाल खेलकुद महासंघ केन्द्रीय समितिको पाँचौँ बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले युवालाई भड्काएर षडयन्त्र पूर्वक सो घटना गराइएको...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्दैछौंः गृहमन्त्री अर्याल

२०८२ कार्तिक २७ गते १४:३९

काठमाण्डू, २७ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । गृहन्त्री अर्यालय भने, ‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार...

चुनावअघि अधिवेशन गर्नै पर्ने भए विशेष अधिवेशनमा जाऔंः कांग्रेस सहमहामन्त्री राठौर

२०८२ कार्तिक २७ गते १४:३७

काठमाण्डू, २७ कात्तिक– कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एकढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने तर्क गरेका छन । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा कांग्रेस सहमहामन्त्री राठौरले यस्तो बताएका हुन । उनले आन्तरिक निर्वाचनले पार्टी...

दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी

२०८२ कार्तिक २७ गते १३:५४

काठमाण्डू, २७ कात्तिक– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेशी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइको लागि पेशी तोकेको छ । नेपाल...

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

२०८२ कार्तिक २७ गते १३:४१

काठमाण्डू, २७ कात्तिक– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो । यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगका...

आचारसंहिताबारे दलहरूसँग छलफलमा निर्वाचन आयोग

२०८२ कार्तिक २७ गते १३:३५

काठमाण्डू, २७ कात्तिक– निर्वाचन आयोगको कार्यलयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल जारी छ । आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी र आचारसंहिताबारे दलहरुसँग छलफल भइरहेको आयोगले जानकारी गराएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र...

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

२०८२ कार्तिक २७ गते १३:३२

काठमाण्डू, २७ कात्तिक– नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ । गत २३ र २४ भदौमा भएको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । आयोगका...

ओमप्रकाश अर्याल एमालेको गृहमन्त्री जस्तो लाग्न थालेको छः सुदन गुरुङ

२०८२ कार्तिक २७ गते १३:२७

काठमाण्डू, २७ कात्तिक– हामी नेपालका संयोजक सुदन गुरुङले ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको आरोप लगाएका छन । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका गुरुङले यस्तो बताएका हुन । गुरुङले भने, ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो ।...

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

२०८२ कार्तिक २७ गते १२:०८

काठमाण्डू, २७ कात्तिक– हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज (बिहिबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us