समाचार

प्रतितोला ३ हजार ८ सय घट्यो सुन

२०८२ मंसिर २ गते १२:११

काठमाण्डू, २ मंसिर– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको छ । आज बजारमा सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...

प्रहरीले कानुन व्यवसायीलाई दुर्गा प्रसाईंसँग भेट्न दिएन

२०८२ मंसिर २ गते १२:०७

काठमाण्डू, २ मंसिर– जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई भेट्न गएका कानुन व्यवसायीलाई प्रहरीले भेट्न नदिई पठाएको छ । हिजो राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाण्डू प्रहरी परिसर भद्रकालीमा राखिएको छ । आज बिहान उनका कानुन व्यवसायीहरु प्रसाईंलाई भेट्न प्रहरी परिसर...

एमालेको संसदीय दलको बैठक बस्दै

२०८२ मंसिर २ गते १०:३९

काठमाण्डू, २ मंसिर– आज (मंगलबार) एमाले संसदीय दलको बैठक बस्दै छ । विघटित प्रतिनिधिसभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक एमाले मुख्यालय च्यासल ललितपुरमा दिउँसो १ बजे बोलाइएको छ । नेताहरूका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने...

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित

२०८२ मंसिर २ गते १०:१६

काठमाण्डू, २ मंसिर– नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन ।...

मध्य रातमा दुर्गा प्रसाईं पक्राउ

२०८२ मंसिर २ गते १०:११

काठमाण्डू, २ मंसिर– नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डू र काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको...

दूतावासमा बम पड्किन सक्ने धम्की दिएपछि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते ५:३५

काठमाण्डू, २ मंसिर– आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान संयोजक दाबी गर्र्द आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाण्डू उपत्यका प्रहरी कार्यालय र काठमाण्डू प्रहरी परिसरको टोलीले उनलाई मध्यराति भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । उपत्यका प्रहरी...

चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ

२०८२ मंसिर १ गते १७:५३

काठमाण्डू, १ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले चुनावको वातावरण बनाउन नागरिक समाजको साथ खोजेकी छन् । आज नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गतेका लागि तय भएको चुनाव अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन । उनले भनेकी...

तत्काललाई मुलुकले निर्वाचनबाटै निकास पाउँछः प्रेम सुवाल

२०८२ मंसिर १ गते १७:३२

काठमाण्डू, १ मंसिर– नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज (सोमबार) काठमाण्डूको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरुले दल दर्ताका लागि निवेदन पेश गरेका हुन् । त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै...

जेन–जीलाई मन्त्री पुनको जवाफः माग पूरा गर्न सक्दिनँ, निर्वाचन जितेर आफ्नै सरकार बनाऊ, आफै पूरा गर

२०८२ मंसिर १ गते १६:५६

काठमाण्डू, १ मंसिर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई अनुरोध गरेका छन । आज (समेबार) सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै शिक्षामन्त्री पुनले यस्तो आग्रह गरेका हुन । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमा रहेको...

विज्ञापन बोर्डको निर्देशन विपरीत एनपीएलमा ‘डाफान्यूज’ विज्ञापन

२०८२ मंसिर १ गते १६:३६

काठमाण्डू, १ मंसिर– विज्ञापन बोर्डको निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘डाफान्यूज’ को विज्ञापन राखिएको छ । त्रिविस्थित क्रिकेट रंगशलामा डाफा न्यूजको विज्ञापन देखिएको हो । रंगशालामा ठूलो बोर्डमा डाफा न्यूजको बोर्डसहित विज्ञापन गरिएको छ । जबकी डाफा न्यूजको विज्ञापन नगर्न भन्दै विज्ञापन बोर्ड...

काठमाण्डू गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

२०८२ मंसिर १ गते १६:११

काठमाण्डू, १ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो । टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै...

वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले भनेः काम गर्न सक्दिनँ

२०८२ मंसिर १ गते १५:२५

काठमाण्डू, १ मंसिर– पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको जोडबलमा नेपाल वायुसेवा निगमको कामू महाप्रबन्धक बनेका जनकराज कालाखेतीले सञ्चालक समितिको बैठकमा ‘आफूले काम गर्न नसक्ने’ बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू लगायतका व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने संकेत पाएपछि कालाखेलीले आइतबारसाँझ बसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us