काठमाण्डू, १ मंसिर– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनैपनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएकी छन । आज (सोमबार) अस्पतालको अनुगमनमा पुगेकी उनले यस्तो बताएकी हुन । उनले वीर अस्पतालको सेवा कुनैपनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क...
काठमाण्डू, १ मंसिर– प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा...
एजेन्सी– पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय तोकेको छ । बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो । गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको...
काठमाण्डू, १ मंसिर– एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष डा. सुजन कडरियाले आफ्नो पदबाट राजीनामा दिएका छन । उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको अखिलका एक नेताले जानकारी...
काठमाण्डू, १ मंसिर– ललितपुरमा २१ लाख रुपैयाँ बराबरको चोरी आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा...
काठमाण्डू, १ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन । आज (सोमबार) संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए । संयोजक प्रचण्डले भने, ‘सबै सहमत...
काठमाण्डू, १ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट...
काठमाण्डू, १ मंसिर– आज (सोमबार)बाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएको ईपीएस शाखाले जनाएको...
काठमाण्डू, १ मंसिर– अब बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ)हरुले राजनीतिक दल र उम्मेदवारको पक्षरविपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन । निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन २१ गते हुँदैछ ।...
काठमाण्डू, १ मंसिर– आज (सोमबार) बाट सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो । मन्त्रालय र निकाय अनुसार फरक–फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको...
काठमाण्डू, १ मंसिर– एमाले नेता खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको आरोप लगाएका छन । आज (सोमबार) जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमाले नेता अधिकारीले यस्तो बताएका हुन । उनले निर्वाचन गराउने आधार सरकारले नदिएको पनि बताए । एमाले नेता...
काठमाण्डू, ३० कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको बताएका छन । आज (आइतबार) नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका...