समाचार

एमाले एउटै नेताको वरपर घुम्यो, अधोपतन अनिवार्यः झलनाथ खनाल

२०८२ मंसिर १४ गते १७:३५

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी नितान्त फरक कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन् । आज (आइतबार) पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेता खनालले यस्तो बताएका हुन । नेता खनालले नेकपा नीति प्रधान भएर...

मसँगको रिस संविधान र देशमाथि नपोखौंः ओली

२०८२ मंसिर १४ गते १७:१०

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आग्रह गरेका छन । आज (आइतबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले यस्तो...

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

२०८२ मंसिर १४ गते १७:०६

काठमाण्डू, १४ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । आज (आइतबार) काठमाण्डूमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले...

प्रचण्डको आरोपः कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फस्यो

२०८२ मंसिर १४ गते १६:३८

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनस् संकट आउनसक्ने दाबी गरेका छन । आज (आइतबार) पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले देशमा जनता संगठित र...

चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छः प्रचण्ड

२०८२ मंसिर १४ गते १६:३५

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनस् संकट आउनसक्ने दाबी गरेका छन । आज (आइतबार) पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले देशमा जनता संगठित र...

रास्वपासँगको एकतापछि रञ्जु दर्शनाः बिलाउन होइन, मिलाउन आएका हौं

२०८२ मंसिर १४ गते १६:२६

काठमाण्डू, १४ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी नेतृ रञ्जु दर्शनाले आफू बिलाउन नभइ मिलाउन आएको बताएकी छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन । उनले आफूलाई धेरैले बिलाउन गएको भनेर...

प्रलोपाले निर्वाचनका लागि सन्तोष परियारको हस्ताक्षर प्रयोग गर्ने

२०८२ मंसिर १४ गते १५:५४

काठमाण्डू, १४ मंसिर– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले चुनावमा उम्मेदवारको आधिकारिकताका लागि अध्यक्ष परिषद्‍मा रहेका सन्तोष परियारको नाम निर्वाचन आयोगमा पठाएको छ । प्रलोपाको अध्यक्ष परिषद्‍मा पाँच जना छन् । तर निर्वाचन प्रयोजनका कामका लागि एक जनाको हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको र...

हस्तान्तरण र पुस्तान्तरण स्वभाविक हो, आवश्यकता अनुसार हुन्छः ओली

२०८२ मंसिर १४ गते १५:४५

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताएका छन । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन...

प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔंः ओली

२०८२ मंसिर १४ गते १५:३४

काठमाण्डू, १४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको बताएका छन । आज (आइतबार) एमालेको मुख्यलय च्यासलमा आयोजित कार्यक्रममा बोल्ने क्रममा एमाले अधयक्ष ओलीले यस्तो बताएका हुन । एमालेले मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा...

काठमान्डु गोर्खाविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्दै

२०८२ मंसिर १४ गते १५:२७

काठमाण्डू, १४ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर काठमान्डु गोर्खाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् । काठमान्डु गोर्खाजले आज एक...

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

२०८२ मंसिर १४ गते १५:१४

काठमाण्डू, १४ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा भएको सम्पती बेचबिखन गरेर नलैजान आग्रह गरेकी छन । आज (आइतबार) आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अनुरोध गरेकी हुन । उनले नेपालमा आफ्नो सम्पती सुरक्षित राख्न आग्रह...

केही दिन ‘कुलिङ पिरियड’ लिन्छुः मिलन पाण्डे

२०८२ मंसिर १४ गते १४:५६

काठमाण्डू, १४ मंसिर– विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतामा सामेल नहुने स्पष्ट पारेका छन । एकतामा जान लागेका नेताहरूलाई शुभकामना दिँदै उनले केही दिन वा महिना ‘कुलिङ पिरियड’ लिने तर्क गरेका छन । आज (आइतबार) रास्वपा र विवेकशील...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us