काठमान्डु गोर्खाविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्दै

काठमाण्डु टुडे २०८२ मंसिर १४ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १४ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर काठमान्डु गोर्खाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् । काठमान्डु गोर्खाजले आज एक परिवर्तन गरेको छ ।

दिपेश कँडेलको स्थानमा भीम सार्की टोलीमा छन् । कर्णालीले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ । करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्लेअफको यात्रामा पुग्न काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ । चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटा मात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ ।

प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने दबाब छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us