काठमाण्डू, २० मंसिर– धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान प्रहरीको छ । अहिले उद्धारको काम चलिरहेको...
काठमाण्डू, २० मंसिर– एमाले महासचिव शंकर पोखरेलले ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा नगरी केपी ओली कै नेतृत्वमा पार्टीलाई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन । उनले यो महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने पनि बताए । एमाले महासचिव पोखरेलले पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ...
काठमाण्डू, २० मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन । आज (शनिबार) राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन को शनिवार यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका...
काठमाण्डू, २० मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्ने भएको छ । रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव...
काठमाण्डू, २० मंसिर– रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन । हिजो (शुक्रबार) साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक भेला भएर अवरुद्ध गरेका हुन । रौतहटको चन्द्रपुर नगरपालिका–६...
काठमाण्डू, २० मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन । राष्ट्रपति पौडेलले आज (शनिबार) सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । नयाँ भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी रहेको बताइएको छ...
काठमाण्डू, २० मंसिर– कारागारमा कैद भुक्तान गर्ने क्रममा चिनजान भएकी एक पूर्वसुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या गरिएको एउटा घटना बाहिरीएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको अनुसन्धान गरी हत्या आरोपमा एक जनालाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो...
काठमाण्डू, २० मंसिर– सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् । कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका प्रहरीले जनाएको छ । घटनास्थलमा कार्कीको टोपी...
काठमाण्डू, २० मंसिर– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली (आइतबार) हुने भएको छ । यादव सात दलको समर्थनमा (हिजो) शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः ३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । नेकपा...
काठमाण्डू, २० मंसिर– पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत अवस्थामा फेला परेका छन । देवचुली नगरपालिका– १३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् । एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरेको छ ।...
काठमाण्डू, २० मंसिर– सडक डिभिजन हेटौंडाले आज शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरू गरेको छ । बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन सुरु गरीएको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य...
काठमाण्डू, १९ मंसिर– मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन । उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । सात दलीय गठबन्धनबाट यादव...