समाचार

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाण्डूबाट ८० हजार यात्रु बाहिरिए

२०८२ फागुन १७ गते १५:४३

काठमाण्डू, १७ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नको लागि काठमाण्डू उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा...

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

२०८२ फागुन १७ गते १४:५५

काठमाण्डू, १७ फागुन– आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ । कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा...

केपी ओलीको जित र हारसँग देशको स्वाभिमान जोडिएको छः उपमहासचिव भट्टराई

२०८२ फागुन १७ गते १४:३२

काठमाण्डू, १७ फागुन– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सिङ्गो देशकै जित वा हारसँग जोडिएको बताएका छन । आज (आइबतार) झापा–५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभा तथा मोटरसाइकल...

झक्कु सुवेदीले वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरे, जवाफमा प्रचण्डले के भने ?

२०८२ फागुन १७ गते १३:२७

काठमाण्डू, १७ फागुन– रोल्पा सदरमुकाम लिबाङमा हिजो (शनिबार) नेपाली कम्युनिस्ट पार्टी रोल्पाले चुनावी सभा आयोजना गरेको थियो । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन र नेता झक्कु सुवेदी लगायतले सम्बोधन गरे । प्रचण्ड र वर्षमानअघि बोलेका नेता सुवेदीले...

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

२०८२ फागुन १७ गते १३:११

काठमाण्डू, १७ फागुन– प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा इलामको...

राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोडमा आगामी निर्वाचनः केपी ओली

२०८२ फागुन १७ गते १२:३७

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताएका बताएका छन । एमाले अध्यक्ष ओलीले निर्वाचित सरकार अपदस्त गर्ने प्रयासहरू भएको उल्लेख गर्दै अहिले फेरि प्रतिनिधि सभाको चुनाव हुन लागेको सन्दर्भमा मतदाताले ‘बनाउने...

अयातोल्लाह अली खामेनीः जसले इरानलाई कहिल्यै अमेरिकासामु झुक्न दिएनन्

२०८२ फागुन १७ गते १२:२४

 एजेन्सी– शनिबार इरानका सर्वोच्च नेता अली खामेनीको निवासमा भएको अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणपछि खामेनीको मृत्यु भएको बताइएको छ । खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानले पनि देशमा जारी अमेरिका र...

ओलीको चुनाव प्रचारमा पुगे योगेश भट्टराई

२०८२ फागुन १७ गते ११:४३

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेश भट्टराई पनि झापाको दमक आइपुगेका छन् । भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार...

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले गराए खाडी तनावबारे सरकारको ध्यानाकर्षण

२०८२ फागुन १७ गते ११:२०

काठमाण्डू, १७ फागुन– पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । पूर्व प्ररराष्ट्रमन्त्री ज्ञवालीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत...

दुर्गा प्रसाईँ पक्राउ

२०८२ फागुन १७ गते ८:३३

काठमाण्डू, १७ फागुन– विवादास्पद मेडिकल व्यवसासी एवं अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।...

मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँः  ओली

२०८२ फागुन १७ गते ८:१७

काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन । ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीले बताएका छन । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि...

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

२०८२ फागुन १७ गते ७:४३

एजेन्सी– अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन । इरानभर भएको हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us