समाचार

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ: मेयर बालेन

२०८१ जेठ १८ गते १३:४३

काठमाण्डु, १८ जेठ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको दाबी गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव...

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किएर २ जनाको मृत्यु

२०८१ जेठ १८ गते १२:०५

काठमाण्डु, १८ जेठ– दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवैको उपचारका...

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा भारतीय सीमा छेउबाट पक्राउ

२०८१ जेठ १८ गते ११:४३

काठमाण्डु, १८ जेठ– प्रहरीले कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका लामालाई...

काभ्रेस्थलीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

२०८१ जेठ १७ गते १८:३३

काठमाण्डु, १७ जेठ– काठमाण्डुको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी छिन् । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला...

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि झलनाथले भने– यो गठबन्धन तलमाथि हुँदैन

२०८१ जेठ १७ गते १७:१४

काठमाण्डु, १७ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि अहिलेको गठबन्धन तलमाथि हुने सम्भावना नरहेको बताएका छन् । खनाल बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए।...

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

२०८१ जेठ १७ गते १७:००

काठमाण्डु, १७ जेठ– सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट फेलापरेसँगै कोरोनाविरुद्धको थप खोप नेपाल ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’...

गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

२०८१ जेठ १७ गते १६:३७

काठमाण्डु, १७ जेठ– गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदलको गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको स्रोतले जानकारी दिएको छ । कार्यदलमा नेपाल...

संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था छैन: नेता निधि

२०८१ जेठ १७ गते १६:१२

काठमाण्डु, १७ जेठ– कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नबनाएको बताएका छन । चितवनमा आज बिहिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने पनि बताएका छन । उनले भने, ‘कांग्रेस प्रतिपक्षको भूमिकामा...

कांग्रेस अहिले सरकारमा जाँदैन: कांग्रेस नेता निधि

२०८१ जेठ १७ गते १६:०९

काठमाण्डु, १७ जेठ– कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नबनाएको बताएका छन । चितवनमा आज बिहिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने पनि बताएका छन । उनले भने, ‘कांग्रेस प्रतिपक्षको भूमिकामा...

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

२०८१ जेठ १७ गते १५:५६

काठमाण्डु, १७ जेठ– राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा नुवाकोटका जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त गरीएको हो । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख रहेका थिए । बोर्डका सदस्य सचिव...

नावालिग करणीको अभियोगमा पक्राउ

२०८१ जेठ १७ गते १५:५२

काठमाण्डु, १७ जेठ– प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा...

श्रम तथा रोजगार मन्त्रालय मान्छे विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्यलाई चिर्न खोजिरहेका छौँ: श्रममन्त्री अर्याल

२०८१ जेठ १७ गते १५:४७

काठमाण्डु, १७ जेठ–श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय मान्छे विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्यलाई चिर्न खोजिरहेको बताए । आज (बिहिबार) विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन । उनले श्रम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us