काठमाण्डु, ११ चैत – क्रिकेट विवाद समाधान नभए नेपालले हालै पाएको वन डे मान्यता र अन्य ऐतिहासिक उपलब्धीहरु गुम्ने खतरा रहेको भन्दै क्रिकेट खेलाडी संघ र राष्ट्रिय टोलीका पूर्वकप्तानहरुले गम्भीर चिन्ता एवं चासो प्रकट गरेका छन् । यसअघि पनि टी–ट्वेन्टी मान्यता पाउँदा क्रिकेट विवादकै...
बागलुङ, ११ चैत – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उनले भने, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको...
भक्तपुर, ११ चैत – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले गलत काम गरेमा युवा विद्यार्थीलाई तत्काल विरोध गर्न निर्देशन दिएका छन् । श्रेष्ठले सरकारको ठिक कामको समर्थन गर्न र गलत कामको तत्काल विरोध गर्नुपर्ने धारणा राखेका छन् । आइतबार पार्टी सम्वद्ध अखिल (क्रान्तिकारी)को...
काठमाण्डु, ११ चैत – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडकको अनुगमन गरेका छन् । गत बर्ष नै सम्पन्न हुनुपर्ने सडक पटक पटक म्याद थप गर्दापनि निर्माण सम्पन्न नभएपछि मन्त्री महासेठ आइतवार अनुगमनमा निस्किएका हुन् । उनले असार मसान्त अगावै सडक निर्माणको...
काठमाण्डु, ११ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्धक्क भएर व्यवसाय तथा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग आइतबार गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले देशमा दुई तिहाईको समर्थनसहित स्थिर सरकार बनेको, लोडसेडिङमुक्त भएको तथा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति...
हापुरे, ११ चैत्र – मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनीयोजन गर्ने बताएका छन् । बबई गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरे । पर्यटनक्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री...
काठमाण्डु, ११ चैत – सरकारमा सहभागिताका विषयमा छलफल जारी रहेकै बेला संघीय समाजवादी फोरम नेपालका नेताहरु चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा फोरमकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको हो । फोरमको टोली आजै राती ११ बजे उड्दैछ...
काठमाण्डु, ११ चैत – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ घण्टै संचालन गराउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने...
काठमाण्डु, ११ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले अब देशमा बुद्धतन्त्र स्थापना गरिने बताएका छन् । बुद्ध धर्म सम्बन्धी एक कार्यक्रम बोल्दै गृहमन्त्री थापाले भने, ‘देश आज बर्वाद भएको छ । यसको कारण यहाँका ठग, अपराधी, भ्रष्टाचारी र भ्रष्ट ठेकेदारका कारण हो । हामी...
काठमाण्डु, ११ चैत – श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले हाजिररोक्न निर्देशन दिएर पनि अटेर गर्दै आएका कर्मचारीहरुले भोलीबाट रमाना लिने बताइएको छ । मन्त्री बिष्टले बैदेशिक रोजगार विभागबाट सरुवा भएर कार्यालय नछोडेका कर्मचारीहरुको हाजिर रोक्न गत विहिवार निर्देशन दिएका थिए । दरवन्दी...
काठमाण्डु, ११ चैत – पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले गाईलाई राष्ट्रिय जनवारबाट हटाउन माग गरेका छन् । प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गाई खान पाउनुपर्ने माग गरेपछि उत्पन्न परिस्थितिबारे आफ्नो मत राख्दै उनले गाईलाई राष्ट्रिय जनबारबाट हटाउन माग गरेका हुन्...
नुवाकोट, ११ चैत – प्रदेश नम्वर ३ की उपसभामुख तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङविरुद्ध नुवाकोटमा विरोध सुरु भएको छ । नेपाली कांग्रेसमा आवद्ध नेविसंघले तामाङविरुद्ध आन्दोलन सुरु गरेको हो । उपसभामुख तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर...