राजनीति

ईयूलाई कांग्रेसको चेतावनीः मर्यादाभित्रै रहेर काम गर

२०७४ चैत १२ गते १३:१४

काठमाण्डु, १२ चैत – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न...

प्रचण्डको आश्वासनपछि ठोरीवासी भन्छन्ः हामीलाई प्रदेश ३ मै गाभ

२०७४ चैत १२ गते १२:५९

चितवन, १२ चैत – पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान भनेका हुन् ।...

मुलपानीस्थित क्रिकेट मैदान पुगेर खेलकुद मन्त्रीले गरे यस्तो घोषणा

२०७४ चैत १२ गते १२:४३

काठमाण्डु, १२ चैत – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाण्डुको मुलपानीस्थित क्रिकेट मैदानको विवाद दुई महिना भित्र सल्टयाउने बताएका छन् । मन्त्री विश्वकर्मा आइतबार मैदानमै पुगेर २ महिनामा मैदान भित्र पर्ने जग्गाधनीलाई अर्को ठाउँमा जग्गा दिने बताएका हुन् । यसअघि सरकारले प्रभावितलाई मुआब्जा...

सरकारले क्याबिनेट निर्णय गोप्य राख्ने !

२०७४ चैत १२ गते १२:००

काठमाण्डु, १२ चैत – सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ । महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय...

माअ‍ोवादीले राजा वीरेन्द्रलाई भेट्न खोज्दा किन अवरोध भयो ?

२०७४ चैत १२ गते ११:३५

जनयुद्धको शुरुवात गरिएपछि छोटो अवधिमै अर्थात लगभग एक वर्षभित्रै शाही सेना पनि जनयुद्ध दबाउन प्रयोग होला भन्ने मोटामोटी अनुमान थियो, तर परिस्थिति अर्कै हुन थाल्यो । राजा वीरेन्द्रले कांग्रेस नेतृत्वको सरकार र माओवादी बीचको युद्धको परिस्थितिबाट फाइदा लिने मनसाय बनाएर शाही सेनालाई जनयुद्धका विरुद्ध...

संसद बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२०७४ चैत १२ गते १०:५०

काठमाण्डु, १२ चैत – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको म्याद थप अध्यादेश प्रतिस्थापन विधेयक पेस हुँदैछ । संसद् सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेस प्रस्ताव गरेको...

विदाको दिन स्युचाटार पुगेका उर्जामन्त्रीले कुलमानलाई दिए यस्तो निर्देशन

२०७४ चैत १२ गते १०:१९

काठमाण्डु, १२ चैत – ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुनले वैशाख भित्रै औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटाउन निर्देशन दिएका छन् । मन्त्री पुन सार्वजनिक विदाको दिन आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्र निरीक्षण गर्दै वैशाख अन्त्यबाटै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने वातावरण...

गृहमन्त्री बादल ओली र प्रचण्डका ‘यस म्यान’, के होला आईजिपी प्रकरण ?

२०७४ चैत १२ गते ९:२३

काठमाण्डु, १२ चैत– गृहमन्त्री भएपछि रामबहादुर थापा ‘बादल’ ले प्रहरी संगठनलाई थप व्यवस्थित र विवादरहित बनाउने भाषण ठोके । त्यतिमात्र होइन उनले नेपाल प्रहरीलाई विश्वकै नमुना बनाउनेसमेत उद्घोष गरे । तर, जब प्रहरी संगठनलाई व्यवस्थित बनाउने समय आएको छ तब भने उनी पछि हट्ने...

२०१९ भित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइने

२०७४ चैत १२ गते ८:१०

काठमाण्डु, १२ चैत– पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । उनले भने, ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।’ त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

एमाले–माओवादी कार्यदलको मस्यौदा तयार

२०७४ चैत ११ गते २२:२७

काठमाण्डु, ११ चैत– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास...

रमेश खरेल हुने भए प्रहरी महानिरीक्षक !

२०७४ चैत ११ गते २०:२९

काठमाण्डु, ११ चैत– नेपाल प्रहरीको महानिरीक्षकमा सेलिब्रेटी प्रहरी अधिकृतका रुपमा परिचित डिआईजी रमेश खरेल बढुवा हुने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई प्रहरी नेतृत्व सुम्पने मनस्थिति बनाएका छन् । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि खरेलको नाममा सहमत...

ओली निवासमा मन्त्रीलाई घरभाडा !

२०७४ चैत ११ गते १७:४७

काठमाण्डु, ११ चैत – सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सरेका छन् । राज्यमन्त्री बनेका बास्कोटा सरकारी आवासको सट्टामा प्रधानमन्त्रीको निजि निवासमा पुगेका हुन् । मन्त्री क्वार्टर खोज्दै जाँदा बास्कोटा बालकोट पुगेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us