काठमाण्डु, २४ चैत – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता सुरू भएको हो । यो भेटवार्तापछि दुबै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । सो वार्तामा भ्रमणका क्रममा हुने सम्झौता...
दिल्ली, २४ चैत – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने भएका छन् । दुई प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीमा भूमि पूजा गरेर पाइपलाइन परियोजनाको शिलान्यास गर्न लागेका हुन् ।...
भरतपुर, २४ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति(आईजीपी)का लागी कुनै चलखेल नहुने बताएका छन् । न्यायसंगत र वैधानिक ढंगले आईजीपी नियुक्ति हुने स्पष्ट पारे । भरतपुर विमानस्थलमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै...
काठमाण्डु, २४ चैत – गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै गुन्डा राज चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए । शुक्रवार...
नयाँदिल्ली, २४ चैत – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सुष्मा स्वराजबीच शनिबार विहान टेलिफोनमा कुराकानी भएको छ । स्वराज आकस्मिक रुपमा विरामी भएपछि प्रधानमन्त्री ओली र विदेशमन्त्री स्वराजबीच फोनमा मात्र कुराकानी भएको हो । टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले विदेशमन्त्री स्वराजको...
नयाँदिल्ली, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ । नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार...
काठमाण्डु, २४ चैत – भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल भएको भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटरमार्फत जनाइएको छ । भारतीय राष्ट्रपतिको आधिकारिक...
काठमाण्डु, २४ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी शर्मा ओलीलाई स्वागत गरेका छन् । मोदीले नेपाली भाषामा ट्वीट गर्दै ओलीको स्वागत गरेका हुन् । ‘छिमेकी मित्रराष्ट्र नेपालका प्रधानमन्त्री माननीय ओलीज्यूलाई भारतमा हार्दिक स्वागत छ,’ मोदीले ट्वीट गरेका छन् । ओलीले गार्ड अफ...
काठमाण्डु, २४ चैत भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत सम्बन्ध जनचाहनाअनुसार अगाडि बढ्ने बताएका छन् । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत(गार्ड अफ् अनर) सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए...
नयाँ दिल्ली, २४ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन् । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनेछन् । यस्तै...
नयाँदिल्ली, २४ चैत – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।...
नयाँदिल्ली २३ चैत–भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो । नेपालको विकास र आर्थिक समृद्धिका...