राजनीति

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन: महत

२०७४ चैत २४ गते १५:३२

चितवन, २४ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका...

वीरगञ्जको एकीकृत जाँच चौकीले कसलाई प्रत्यक्ष फाइदा पुग्छ ?

२०७४ चैत २४ गते १५:२५

काठमाण्डु, २४ चैत – हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर...

सांसद फुलबाबु संघीय समाजवादी फोरममा प्रवेश

२०७४ चैत २४ गते १५:१६

रौतहट, २४ चैत – रौतहट क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । स्वतन्त्र सांसद अजादलाई फोरमका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्मयन्त्री लालबाबु राउतले पार्टी प्रवेश गराए । उनी संगै...

पार्टी एकता एक-दुई दिन ढिलो हुन सक्छ: विष्णु पौडेल

२०७४ चैत २४ गते १४:५८

बुटवल, २४ चैत – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीले प्रयोग गर्दै आएको जनयुद्ध पदावली र चुनाव चिहृनबारे एमाले र माओवादी केन्द्रबीच कुरा मिल्न बाँकी रहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अन्य विषयहरु मिलिसकेकाले पारस्परिक सम्मान...

‘सगरमाथाको देश सागरसँग जोडिनेछ, म नेपालका जनतालाई हृदयदेखि अभिनन्दन गर्छुु'(मोदीको सम्बोधनको पूर्णपाठसहित)

२०७४ चैत २४ गते १४:५२

  भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु, तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ । प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको...

सम्बोधनमा नेपाली भाषा प्रयोग गरेका मोदीले अन्त्यमा यसो भनेर बिदा भए

२०७४ चैत २४ गते १४:४१

नयाँदिल्ली, २४ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त सम्बोधनमा नेपाली भाषा प्रयोग गरेका छन् । उनले आफ्नो सम्बोधनको सुरूवात र अन्त्य नेपाली भाषामा गरेका हुन् । ‘तपाईंहरू सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुसी लाग्दछ’, मोदीले सम्बोधनको सुरूवातमा...

पत्रकार सम्मेलनमा ओलीले यसो भनेपछि मोदी मख्ख !

२०७४ चैत २४ गते १४:३४

नयाँदिल्ली, २४ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दुई वर्षमा नेपाल बदलिएको टिप्पणी गरेका छन् । हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले दुई वर्ष अघिको आफ्नो भारत भ्रमणको समेत स्मरण गरे । ‘म दुई वर्ष...

ओलीकै अगाडि मोदीले भनेः अब काठमाण्डु–भारत रेल गुड्छ !

२०७४ चैत २४ गते १४:३०

नयाँदिल्ली, २४ चैत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाण्डुलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन् । साथै मोदीले अब काठमाण्डु–भारत रेल गुड्नेमा विश्वस्त हुन पनि आग्रह गरेका छन् । दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

हैदराबादबाटै गरियो वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन

२०७४ चैत २४ गते १४:२२

नयाँदिल्ली, २४ चैत – नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् । भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा...

‘स्वीच’ थिचेर ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइनको शिलान्यास

२०७४ चैत २४ गते १४:२०

नयाँदिल्ली, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । शनिबार दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ...

दिल्लीबाट ओलीले गरे नेपाल र भारत खुसी हुने कुरा

२०७४ चैत २४ गते १४:१७

नयाँदिल्ली, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि नयाँदिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने...

गान्धीको समाधीस्थल पुगेका ओलीले ‘बापुजी’ भन्दै यस्तो लेखेपछि…

२०७४ चैत २४ गते १२:३२

काठमाण्डु, २४ चैत – दक्षिणी छिमेकी मुलुक भारतको ३ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् । समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्री ओलीले गान्धी भारतको अमर छोरा मात्र नभई मानव जातिकै पथप्रदर्शक भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us