राजनीति

विद्यावारिधी उपाधि लिनुअघि ओलीले रूद्राक्षको विरुवा रोपे

२०७४ चैत २५ गते १३:३४

नयाँदिल्ली, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा पुगेका छन् । भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगर स्थित विश्वविद्यालयमा ओयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन...

श्रीनिवास गोलि प्रहारबारे राप्रपाले मुख खोल्यो

२०७४ चैत २५ गते १३:०६

काठमाण्डु, २५ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि गरिएको गोली प्रहारको भत्र्सना गरेको छ । ‘विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासको हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको राप्रपा निन्दा एवं घोर भत्सर्ना गर्दछ,’ राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएका छ ।...

प्रधानमन्त्री ओली उत्तराखण्ड उडे

२०७४ चैत २५ गते १३:०१

नयाँदिल्ली, २५ चैत – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान पौने ११ बजे उत्तराखण्ड प्रस्थान गरेका छन् । उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रोद्योगिक विद्यालयले विभूषित गर्ने मानार्थ विद्यावारिधी उपाधि ग्रहण गर्न प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन्...

आफू ६ महिना जेल बसेको स्मरण गर्दै गृहमन्त्रीले यसो भने

२०७४ चैत २५ गते १२:५२

चितवन, २५ चैत – गृहमन्त्री रामबहादुर थापा बादले चितवन जिल्ला कारागारको अबलोकन गर्दै जेल सानो नेपाल भएको बताएका छन् । जुन कारागारमा उनले ६ महिना जेलजीवन बिताएका थिए । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले चितवन जिल्ला कारागारको अबलोकन गर्दै जेल भित्र र...

कोरियामा बस्ने नेपालीका लागि गोकर्ण बिष्टले गरे प्रसंशनिय काम

२०७४ चैत २५ गते १२:४१

काठमाण्डु, २५ चैत – सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका...

भारत भ्रमणमा रहेका ओलीलाई गाली गर्दै कांग्रेस नेताले यसो भने

२०७४ चैत २५ गते १२:१८

बुटवल, २५ चैत – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि...

नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई द्योग वाणिज्य महासंघको आग्रह

२०७४ चैत २५ गते १२:०७

काठमाण्डु, २५ चैत – उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी छिन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले नयाँदिल्लीमा शुक्रबार आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरम...

वान टु वान वार्ताः डुबानको विषय झिक्दै मोदीलाई ओलीले यसरी थर्काए

२०७४ चैत २५ गते ११:०५

काठमाण्डु, २५ चैत – तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले नेपालमा गरेको विकास निर्माणका कार्यप्रति असन्तुष्टी जनाएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा ओलीले नेपालीले भारतका कारण भोग्दै आएका ज्यादतीका विषयमा पनि कुरा उठाएका थिए...

दिल्लीमै रहेका अ‍ोलीलाई बाबुरामले दिए यस्ता सुझाव

२०७४ चैत २५ गते १०:४२

काठमाण्डु, २५ चैत – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत उनले ओलीले काठमाण्डुसम्म रेल र जलमार्ग ल्याउने कुरा सकारात्मक रहेको तर विश्वास नभएको भन्दै सचेत रहन आग्रह गरेका छन्...

भाटभटेनी आगलागीः मुख्यमन्त्री पुगे निरीक्षणमा

२०७४ चैत २५ गते १०:२७

बुटवल, २५ चैत – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाटभटेनी सुपर मार्केटमा लागेको आगलागी निरीक्षण गरेका छन् । आगलागीबारे जानकारी पाएपछि बुटवल–८ सुख्खानगरस्थित भाटभटेनी पुगेर मुख्यमन्त्री पोखरेलले घटनाबारे जानकारी लिएका हुन् । पत्नी एवं सांसद राधिका शाक्य, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यसहित भाटभटेनी...

प्रधानमन्त्री ओलीलाई पीएचडीको उपाधी !

२०७४ चैत २५ गते ९:५२

काठमाण्डु, २५ चैत – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाँदैछन् । पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली एयर इन्डियाको विशेष उडानमा जाने छन् । सो विश्वविद्यालय कृषि...

प्रधानमन्त्री ओलीको भ्रमण बन्यो भारतीय मिडियामा मुख्य समाचार

२०७४ चैत २५ गते ९:३९

नयाँदिल्ली, २५ चैत – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दुईपक्षीय वार्तापछि हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । नेपालका प्रधानमन्त्री आलीले भारत भ्रमण गर्दा यहाँका टेलिभिजनले ठूलो महत्व दिएर प्रत्यक्ष प्रसारण नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us