बर्दिवास, ५ वैशाख – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई...
रोल्पा, ५ वैशाख – सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताएका छन् । रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताए । यस्ता...
विराटनगर, ५ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको...
हेटौँडा, ५ वैशाख – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्यालय भर्ना अभियानका अवसरमा दुई बालबालिकाका अभिभावक बनेका छन् । पौडेलले बुधबार दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन् । उनले मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना...
काठमाण्डु, ५ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको...
काठमाण्डु, ५ वैशाख – सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । सोअघि विभिन्न खालका...
सिरहा, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन् । उनीहरुलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् । सिराहाको रामदुलारी मावि कल्याणपुर नपा–११का का दिनेश कुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ बर्षकी छोरी रुपाकुमारी मण्डल(खत्वे)...
चितवन, ५ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताए । यातायात सँगसँगै अन्य क्षेत्रमा...
चितवन, ५ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए । दुई...
काठमाण्डु, ५ वैशाख – चीनले नेपालको विकासका लागि सहयोग चीन र भारतको साझा सहमतिको विषय हुनु पर्ने बताएको छ । चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । लगतै आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रीले पूर्वाधार...
काठमाण्डु, ५ वैशाख – सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायत व्यवसायी महासंघ, नेपाल पेट्रोलियम...
काठमाण्डु, ५ वैशाख – सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ । मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक...