झापा, १३ बैशाख – भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिस भएको छ । कचनकवल गाउँपालिकाको २ को वडा कार्यालयले भारतीय भूपाललाई गाउँकै बासिन्दा भनेर नागरिकताको लागि सिफारिस गरेको हो । उनले वडा २ का बमबहादुर गुरुङ र चन्द्रकला गुरुङको जेठो छोरा बनेर सिफारिस लिएका...
कञ्चनपुर, १३ बैशाख – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । करेन्टले झड्का दिँदा सोही...
खलङ्गा, १३ बैशाख – जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणको कोटामा छोरीलाई पठाएको पाइएको छ । प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो । स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी...
चितवन, १३ बैशाख – महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती...
काठमाण्डु, १३ बैशाख – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन् । प्राधिकरणका इन्जिनियरले बिहीबार सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फ्किए कडा कदम चाल्न बाध्य...
काठमाण्डु, १३ बैशाख – आज (शुक्रबार) काठमाण्डु उपत्यकासहित देशभरको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने प्रक्षेपण महाशाखाले गरेको छ । अहिले काठमाण्डु उपत्यकाको आकाश कालोमैलो भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा अहिले...
गलकोट, १३ बैशाख – ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ । भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२...
गलेश्वर, १३ बैशाख – प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०–१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको...
जनकपुरधाम, १३ बैशाख – सिरहामा आफ्नै श्रीमानले श्रीमतीलाई ज्युँदै जलाएका छन् । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै...
काठमाण्डु, १२ वैशाख – खुला मञ्च बचाउ अभियान्ताले बिहीबार काठमाण्डु महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । महानगरपालिकामा पुगेर काठमाण्डु महानगरकी उपप्रमुख हरिप्रभाव खड्कीलाई अभियान्ताले ध्यानाकर्षण गराएका हुन् । ‘काठमाण्डु उपत्याकामा रहेका खाली जग्गा भू–माफियाले अतिक्रमण गरेका समाचार विविध सञ्चार माध्यमबाट आएको र खुला मञ्चको खाली...
काठमाण्डु, १२ वैशाख – राष्ट्रिय पूननिर्माण प्राधिकरणः करिब चार हजार प्राविधिकहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति...
जुम्ला, १२ वैशाख – यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्न जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।...