भारतीय नागरिकलाई नेपाली नागरिकता सिफरिस

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते १४:१९ मा प्रकाशित

झापा, १३ बैशाख – भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिस भएको छ ।

कचनकवल गाउँपालिकाको २ को वडा कार्यालयले भारतीय भूपाललाई गाउँकै बासिन्दा भनेर नागरिकताको लागि सिफारिस गरेको हो । उनले वडा २ का बमबहादुर गुरुङ र चन्द्रकला गुरुङको जेठो छोरा बनेर सिफारिस लिएका हुन् ।

भूपाल वडाको सिफारिस लिएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय पुगे । प्रशासन अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा उनी भारतीय भएको खुलेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us