पत्रपत्रिकाबाट

उपत्यकामा संक्रमण बढ्न थालेपछि उच्च सतर्कता

२०७८ साउन ७ गते ८:०८

काठमाण्डु, ७ साउन– राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।...

सशस्त्र प्रहरीभित्र एउटै दर्जामा १६ वर्षसम्म बढुवा नहुने

२०७८ साउन ७ गते ८:०४

काठमाण्डु, ७ साउन– सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ । प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो । माथिल्लो...

पहुँच वालालाई घरमै कोरोना खोप, निरीह नागरिक घण्टौं लाइनमा

२०७८ साउन ७ गते ८:००

नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने...

काठमाण्डुमा फेरि फैलियो कोरोना संक्रमण

२०७८ साउन ७ गते ७:५५

काठमाण्डु, ७ साउन– केही दिनयता काठमाण्डु  उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ । एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्...

राष्ट्रिय गद्धार घोषणा गरेका माधव नेपाललाई किन दोश्रो अध्यक्ष बनाउन तयार भए ओली ?

२०७८ साउन ७ गते ७:५०

काठमाण्डु, ७ साउन– एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्...

देउवालाई सच्चिने ठूलो अवसर !

२०७८ साउन ६ गते ८:०१

काठमाण्डु, ६ साउन–  दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ ।  धेरै राम्रो काम गरेर अघिल्ला कार्यकालहरूमा नसकेका र छुटेका काम गरेर देखाउनुहोस्,...

देउवा र प्रचण्डबीच मन्त्रालय भागवण्डामा कुरा मिल्यो

२०७८ साउन ६ गते ७:५६

काठमाण्डु, ६ साउन– शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ ।...

भीम रावलको राजीनामा फिर्ता हुन सक्ने

२०७८ साउन ६ गते ७:५१

काठमाण्डु, ६ साउन–  एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन् । उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन् । सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको...

जाँदाजाँदै ओलीले खाजा खर्चमै राज्यको ४ करोड चुना लगाएकाे खुसाला

२०७८ साउन ६ गते ७:४८

काठमाण्डु, ६ साउन– सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको...

राष्ट्रपतिमाथि महाअभियोग लगाउन ओली समूहमा सात सांसदको खोजी

२०७८ साउन ६ गते ७:४४

काठमाण्डु, ६ साउन–एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले...

काँग्रेसमा को–को छन् मन्त्रीको लाइनमा ?

२०७८ साउन ४ गते ८:५६

काठमाण्डु, ४ साउन–  पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन । तर, सत्ता गठबन्धन...

इतिहासकै पहिलो ठूलो फ्लोर क्रस

२०७८ साउन ४ गते ८:१८

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।  नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us