पत्रपत्रिकाबाट

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

२०७९ वैशाख २७ गते ७:०४

काठमाण्डु, २७ वैशाख–यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।...

तनहुँमा मदिरा वितरणमा रोक

२०७९ वैशाख २६ गते ८:४२

काठमाण्डु, २६ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको...

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

२०७९ वैशाख २६ गते ८:३८

काठमाण्डु, २६ वैशाख– हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी...

बजेटमा आयकरको सीमा बढाउने तयारी

२०७९ वैशाख २६ गते ८:३३

काठमाण्डु, २२ वैशाख– बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) बढाउने योजना बनाएको छ । पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबले पनि बजेटको आकारमा प्रभाव पार्ने अर्थ मन्त्रालयको भनाइ छ । सरकारी...

तीनथरी मतदाता फकाउँदै एमाले

२०७९ वैशाख २६ गते ८:२६

काठमाण्डु, २६ वैशाख– स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ । निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन् । उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन...

मेलम्चीको पानी काठमाण्डु आउन रोकिने

२०७९ वैशाख २६ गते ८:२४

काठमाण्डु, २६ वैशाख– काठमाण्डु उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको...

देशभरका विद्यालय ६ दिन बन्द

२०७९ वैशाख २४ गते ६:३७

काठमाण्डु, २४ वैशाख– सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको...

मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

२०७९ वैशाख २२ गते ७:२१

काठमाण्डु, २२ वैशाख– मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो । मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार...

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

२०७९ वैशाख २२ गते ७:१६

काठमाण्डु, २२ वैशाख– सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो । सशस्त्रमा...

बाबुले चुनाव हराउन खोजेको छोराको आरोप

२०७९ वैशाख २१ गते ७:११

काठमाण्डु, २१ वैशाख– पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् । बाबु नेकपा माओवादी...

एकै दिन प्रहरीमा भर्ती भएका अफिसर को जुनियर, को सिनियर ?

२०७९ वैशाख २० गते ८:३६

काठमाण्डु, २० वैशाख– नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ । नेपाल प्रहरीमा ०४६ सालपछि आईजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो । हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरियतामा विवाद आउन सुरु भएको इतिहास छ...

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

२०७९ वैशाख २० गते ६:५४

काठमाण्डु, २० वैशाख– वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us