पत्रपत्रिकाबाट

चीन जाँदै नेपाली विद्यार्थी

२०७९ जेठ २१ गते ७:३३

काठमाण्डु, २१ जेठ– चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये...

मलाई काम गर्न दिनुस्ः बालेन

२०७९ जेठ २१ गते ७:३०

काठमाण्डु, २१ जेठ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका छन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि...

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

२०७९ जेठ २१ गते ७:२६

काठमाण्डु, २१ जेठ– भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै...

मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द

२०७९ जेठ २० गते ६:५६

काठमाण्डु, २० जेठ– नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच ९इनरुट०को उडान मार्गको...

मंसिर १० भित्र प्रतिनिधि र प्रदेशसभा निर्वाचन

२०७९ जेठ २० गते ६:५३

काठमाण्डु, २० जेठ– राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम...

माधव नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन

२०७९ जेठ २० गते ६:५१

काठमाण्डु, २० जेठ– प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले...

सरकारले बनायो नयाँ मर्यादाक्रम, पूर्वराजा ज्ञानेन्द्र छैटौं स्थानमा

२०७९ जेठ १९ गते ७:१५

काठमाण्डु, १९ जेठ– सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ । यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका...

कुवेत उडान काठमाण्डुबाट भन्दा भैरहवाबाट सस्तो

२०७९ जेठ १९ गते ७:१०

काठमाण्डु, १९ जेठ– यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाण्डुसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान...

उडान अनुमतिमा कडाइ सुरु

२०७९ जेठ १९ गते ७:०७

काठमाण्डु, १९ जेठ–  मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो । मौसमकै कारण जेठ...

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे, क्याप्टेन यो के गरिरहेको ?

२०७९ जेठ १९ गते ७:०५

काठमाण्डु, १९ जेठ– नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् – राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र...

मेलम्चीको पानी अब कात्तिकदेखि

२०७९ जेठ १८ गते ६:४६

काठमाण्डु, १८ जेठ– मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले...

चिकित्सा शिक्षामा शुल्क वृद्धि

२०७९ जेठ १८ गते ६:३९

काठमाण्डु, १८ जेठ– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us