अर्थ

सुनको मूल्य बढ्यो

२०७१ पुष २२ गते ११:१३

एजेन्सी– निरन्तर लारालो लागिरहेको सुनको मूल्य मंगलबार फेरी उकालो लागेको छ । मंगलबार सुनमा तोलामा छ सय रुपैयाँले बृद्घि भएको हो । सुनको मूल्य बृद्घिसँगै यसको मूल्य तोलाको ५२ हजार चार सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलामा दुई सय रुपैयाले बढेको थियो...

तेलको मूल्य पाँच वर्षकै न्यून बिन्दुमा

२०७१ पुष २२ गते ५:४२

एजेन्सी– सोमबार अमेरिकी कच्चा तेल र ब्रेन्ट कच्चा तेलको मूल्य साढे पाँच वर्षकै न्यून बिन्दुमा झरेको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल ५१.४० डलर भएको हो । त्यस्तै ब्रेट कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल ५५.३६ ब्यारेलमा झरेको हो । विश्वव्यापी अर्थतन्त्रको राजा भनेर...

च्याउखेती गर्न १६ लाख

२०७१ पुष २१ गते ११:११

बर्दिया, २१ पुस– जिल्ला कृषि विकास कार्यालय बर्दियाले युवा लक्षित कार्यक्रमअन्तर्गत च्याउखेतीका लागि बर्दियाका ४० जना किसानलाई ४० हजारका दरले १६ लाख प्रदान गरेको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय बर्दियाले दुइ सय १२ जना किसानको निवेदन परेकामा छनोट गरी ४० जनालाई...

१२ किलो चाँदीसहित भारतीय पक्राउ

२०७१ पुष २१ गते १०:५३

धनुषा, २१ पुस– धनुषा प्रहरीले सात लाख ३० हजार मूल्यबराबरको १२ किलो पाँच सय ग्राम चाँदीसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु भारत जयनगरका दीपककुमार गुप्ता र विकासकुमार साह हुन् । प्रहरीले उनीहरुसँग रहेको बिआर ३२ के ००३५३ नम्बरको भारतीय मोटरसाइकल समेत...

युवालाई १८ लाख अनुदान दिइने

२०७१ पुष २१ गते ६:५८

 इलाम, २१ पुस–जिल्ला पशु सेवा कार्यालय इलामले युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रमअन्तर्गत यस वर्ष १० जना युवालाई १८ लाख अनुदान दिने भएको छ । कार्यालयले आठवटा गाई फार्म तथा दुईवटा बङ्गुरपालनका लागि अनुदान दिने भएको हो । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका...

किन हुन्छ सभागृहलाई दैनिक डेढ लाख घाटा ?

२०७१ पुष २१ गते ६:२५

 काठमाण्डु, २१ पुस– काठमाण्डु महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद भएपछि राष्ट्रिय सभागृहले दैनिक डेढ लाख रुपैयाँ गुमाउनुपरेको छ । महानगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय सभागृहलाई सार्क शिखर सम्मेलनको अवसरमा मन्त्रालयले पुनः निर्माण गरेको थियो । पुनः निर्माणपछि मन्त्रालयले आफ्नो स्वामित्वमा लिन खोजेको र महानगरपालिकाले सो...

धेरै धान फलाउने जुम्लाका चार कृषक पुरस्कृत

२०७१ पुष २१ गते २:३९

जुम्ला, २१ पुस– जुम्लामा धेरैं धान फलाउने उत्कृष्ट चार कृषकलाई आइतबार जिल्ला कृषि विकास कार्यालय जुम्लाले पुरस्कृत गरेको छ । चन्दननाथ नगरपालिका–१५ का किसान पुरिनाथ न्यौपानेले एक हेक्टर क्षेत्रफलमा सबैभन्दा बढी अर्थात् ३ हजार ९६ किलो धान फलाएर पहिलो भएका हुन् । उनलाई प्रथम...

एउटै गाउँमा ८२ लाखको तरकारी बिक्री

२०७१ पुष २० गते ११:५२

कञ्चनपुर, २० पुस– कञ्चनपुरको कृष्णपुर गाविसबाट मात्रै एक सिजनमा ८२ लाख रुपैंयाको तरकारी बिक्री भएको छ । कृषि सेवा केन्द्र कृष्णपुरका अनुसार हिउँदे तरकारीका रूपमा रहेका काउली, टमाटर, खुर्सानी, भान्टा र हरियो सागपात यहाँका कृषकले बिक्री गरी सो रकम भित्र्याएका हुन् । व्यावसायिक रूपमा...

खाडीबाट फर्किएर नेपालमै मौरीपालन

२०७१ पुष २० गते ११:३४

काठमाण्डु, २० पुस– खाडी मुलुकबाट फर्किएका युवाले सरकारसँग मौरीपालन नीति बनाइदिन र महको गुणस्तरीयता मापन गर्ने आधिकारिक प्रयोगशालाको व्यवस्था गरिदिन माग गरेका छन् । व्यावसायिक मौरीपालन गर्ने सोचाइका साथ नेपाल फर्किएका प्रमोद श्रेष्ठले सरकारसँग उक्त आग्रह गरेका हुन् । नेपालमा महको गुणस्तरीय मापन गर्ने...

एकै जिल्लामा करोडौं विद्युत महसुल उठ्न बाँकी

२०७१ पुष २० गते ६:५१

नवलपरासी, २० पुस– उपभोक्ताहरुबाट करोडौं महसुल उठान बाँकी भएपछि नेपाल विद्युत प्राधिकरण परासी शाखाले यही पुस १ गतेदेखि महसुल तिर्न बाँकी रहेका उपभोक्ताहरुको विद्युत लाईन काटन थालेको छ । ठुला संघसंस्था, कार्यालय एवम् व्यापारिक केन्द्रसहित साधारण उपभोक्ताहरुको पनि विद्युत लाइन कटन शुरु गरिएको हो...

साढे पाँच करोड बढी ऋण लगानी

२०७१ पुष १९ गते ११:३१

 इलाम, १९ पुस– जिल्लाकै सबैभन्दा ठूलो सहकारी संस्थाका रूपमा परिचित शताब्दी बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ७४ लाख ६८ हजार ऋण लगानी गरेको छ । जिल्लाभर कार्यक्षेत्र बनाएको यस संस्थाले कृषि उत्पादन, व्यापार, घरजग्गा कारोबार, हायरपर्चेज, वैदेशिक रोजगार र शैक्षिक क्षेत्रमा उक्त...

बाली बिमाप्रति कृषकको चासो बढ्दै

२०७१ पुष १९ गते ११:०७

बनेपा, १९ पुस– काभ्रेपलाञ्चोक जिल्लामा बाली बिमाप्रति कृषकको चासो बढेको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलको आयोजनामा कृषक, कृषक प्राविधिक र सरोकार भएकाबीच भएको गोष्ठीमा उनीहरुले बाली बिमालाई प्रभावकारी बनाउन आग्रह गर्दै सरकार र बिमा कम्पनीले यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us