अर्थ

द्वन्द्वपीडित र दलित विद्यार्थीलाई स्विटर

२०७१ पुष २९ गते ९:०६

सर्लाही, २९ पुस– नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले सर्लाहीका एक सय ५० जना द्वन्द्वपीडित र दलित विद्यार्थीलाई जाडोमा लाउने स्विटर वितरण गरेको छ । सर्लाहीको पिपरिया गाविस ३, दलित बस्तीमा एक सय जना विद्यार्थीलाई अनेरास्ववियु केन्द्रीय अतिरिक्त तथा रचनात्मक क्रियाकलाप विभागले स्विटर प्रदान गरेको हो...

भारतबाट एक अर्बको धूप आयात

२०७१ पुष २८ गते १३:४५

पुस– मोरङ, सुनसरी, झापालगायतका जिल्लामा मात्र बर्सेनि एक अर्बभन्दा बढीको ९अगरबत्ती०धूप आयात हुने गरेको छ । देबेनरा अगरबत्ती उद्योगका सञ्चालक बेनीगोपाल मुन्दडा प्रचुर सम्भावना भएर पनि अगरबत्ती आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । “नेपालमा दर्जनौँ सङ्ख्यामा उद्योग खुले पनि सरकारी नीति ठीक नभएकाले प्रायः...

अनलाइनबाटै भुक्तानी गर्न सक्ने

२०७१ पुष २८ गते १३:४०

काठमाण्डु २८ पुस– उपभोक्तालाई सामान खरिद, बिल भुक्तानी, राजस्व तिर्नलगायतका कुनै पनि भुक्तानीका लागि स्मार्टच्वाइस टेक्नोलोजी नामक कम्पनीले अनलाइन पेमेन्ट डेबिड कार्ड प्रणाली सञ्चालनमा ल्याएको छ । सो सेवाको आयोजित एक कार्यक्रममा नेपालका ७८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट २० लाख उपभोक्ताले कम्पनीको सेवा...

होण्डाले ल्यायो नयाँ वर्षमा नयाँ सट्टापट्टा अफर

२०७१ पुष २८ गते १३:३०

काठमाण्डु– होण्डा कम्पनीको नेपाली आधिकारिक विक्रेताले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर ज्योती ग्रुपको कम्पनी स्याकार ट्रेडिङ कम्पनीले ‘न्यू इयर एक्सचेन्ज’ नाममा पुरानो बाइकबाट नयाँ बाइक सट्टापट्टा गर्न पाइने कार्यक्रम ल्याएको हो । यस अफरमा ग्राहकले पुरानो बाइकसँग नयाँ...

मासु उत्पादनका लागि पाडा हुर्काउने कार्यक्रम

२०७१ पुष २८ गते ११:०२

धनगढी, २८ पुस– मासु उत्पादनका लागि कैलाली जिल्लामा कृषकहरुले पाडा हुर्काउने कार्यक्रम सुरु गरेका छन् । जिल्ला पशुसेवा कार्यालयको पहलमा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत पाडा हुर्काउनका लागि गोठ निर्माण, घाँसखेती विकास, आन्तरिक परजीवीविरुद्ध औषधि खुवाउनेलगायतका क्रियाकलाप सञ्चालन गरिएको पशुसेवा कार्यालयले जनाएको छ । पाँच...

यस्तो छ युवाहरुको सिक्काबाट ढिक्का अभियान

२०७१ पुष २७ गते ११:१५

काठमाण्डु–  देशमा विखण्डन र एकताको दोहोरो स्वर चर्किरहेका बेला एकथरी युवाहरु सिक्काबाट नेपालीलाई एक ढिक्का बनाउने सोचमा लागिरहेका छन् । ‘हामी नेपाली एक ढिक्का, सहयोगका लागि एक सिक्का’ भन्दै उनीहरुले गरिबका लागि सहयोग जम्मा गरिरहेका हुन् । एक–एक सिक्का उठाएर गरिब चेपाङ समुदायमा सहयोग...

नेपालकै सस्तो नौमुरे जलविद्युत् आयोजना २५ वर्षदेखि अलपत्र

२०७१ पुष २७ गते ११:१४

प्यूठान, २७ पुस– प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने दुई सय ४५ मेगावाट विद्युत् क्षमता भएको नेपालकै सस्तो नौमुरे जलविद्युत् आयोजना २५ वर्षदेखि अलपत्र पर्दा स्थानीय निराश भएका छन् । तत्कालीन समयमा पञ्चायत सरकारले २०४४ देखि ०४६ सालसम्म दुई वर्ष लगाएर सर्वेक्षण गरेको आयोजना निर्माण...

बीस प्रतिशत सुरुङ निर्माण सम्पन्न

२०७१ पुष २७ गते ११:०४

रसुवा, २७ पुस– रसुवागढी जलविद्युत् कम्पनीद्वारा सञ्चालित रसुवागढी हाइड्रोपावर आयोजनाको निर्माण कार्य तीब्ररुपमा अगाडि बढेको छ । सुरुङ निर्माणमा कार्यरत साइट इन्चार्ज प्राविधिक नागेन्द्र ज्ञवालीका अनुसार चार हजार दुई सय तीन मिटर सुरुङको लम्बाइमध्ये हालसम्म २० प्रतिशत चट्टान फोर्ने कार्य सम्पन्न भएको छ ।...

बाबुराम चढेको मोटर कम्पनीको उत्पादन बन्द

२०७१ पुष २७ गते १०:४८

मोरङ, २७ पुस–  पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ । सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर...

तीन वडाबाट तीन करोडभन्दा बढी जडीबुटी

२०७१ पुष २७ गते ५:३३

जुम्ला, २७ पुस– बागजले सामुदायिक वन डिल्लीचौर ७, ८ र ९ लुम जुम्लाबाट यस वर्ष तीन करोडभन्दा बढीको जडीबुटी सङ्कलन गरिएको छ । त्यस्तै सामुदायिक वन उपभोक्ता समितिले जडीबुटीबाटै नौ लाख राजस्व सङ्कलन गरेको छ । बागजले सामुदायिक वनमा यस वर्ष ४० टन जटामसी...

राजनीतिक हस्तक्षेपले आर्थिक विकास अवरुद्धः गभर्नर खतिवडा

२०७१ पुष २६ गते १३:०५

पर्सा, २६ पुस– नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले अनावश्यक राजनीतिक हस्तक्षेपका कारण आर्थिक विकास अवरुद्ध भएको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विकासका लागि ऐन नियममा नै राजनीतिकरण हुने गरेको बताए । ‘कानुनको मस्यौदा...

बागलुङमा ‘मकै मिसन’

२०७१ पुष २६ गते ११:३३

बागलुङ, २६ पुस– उन्नत मकैको खेती विस्तारका लागि जिल्लामा ‘मकै मिसन’ कार्यक्रम सुरु भएको छ । उन्नत बीउ र प्रविधिको प्रयोगले मकै बालीको उत्पादन बढाउन यस्तो कार्यक्रम ल्याइएको हो । यो वर्ष उन्नत बीउमार्फत सात सय हेक्टर क्षेत्रफलमा मकैखेती विस्तार गरिने कृषि विकास कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us