अर्थ

इजरायली प्रविधि चितवनमा, डेढ करोड लगानी

२०७१ कार्तिक २९ गते १२:१८

चितवन , २९ कात्तिक – चितवनको चित्रवन नगरपालिका स्थित शशिनगरमा विभिन्न क्षेत्रका युवा मिलेर इजरायली प्रविधिको प्रयोग गर्दै तरकारीखेती सुरु गरेका छन् । हाल इजरायलमा काम गरिरहेका र इजरायलबाट फर्किएका युवा मिलेर यहाँ डेढ करोडको लगानीमा तरकारीखेती सुरु गरेका छन् भने दुई करोड लगानी...

पूरै गाउँको आयस्रोत तरकारीखेती र पशुपालन

२०७१ कार्तिक २९ गते १२:१४

म्याग्दी , २९ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–४ खबरा गाउँका बासिन्दाले व्यावसायिक तरकारीखेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेसा अपनाउँदै आएका खबरावासीले तरकारीखेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । चार-पाँच वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने...

कर नीति आमूल परिवर्तन गर्नुपर्छ : डा. नेपाल

२०७१ कार्तिक २९ गते १०:१९

काठमाण्डु, २९ कात्तिक – प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले सरकारले कर नीतिमा आमूल परिवर्तन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले कर दिवसको अवसर पारेर आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालले कर नीति खुकुलो र समयसापेक्ष नभएका कारण अहिले कर तिर्नेहरुले पनि...

ग्यासमा खुलेआम कालोबजारी

२०७१ कार्तिक २८ गते ११:२१

प्युठान, २८ कात्तिक – जिल्लामा खाना पकाउने एलपी ग्यासमा खुलेआम कालोबजारी हुँदा उपभोक्ता मर्कामा परेका छन् । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यभन्दा धेरै मूल्य तिर्नुपर्दा जिल्लाका उपभोक्ता मर्कामा परेका हुन् । निर्धारित मूल्यभन्दा १३० देखि १८० सम्म मूल्य बढी लिएपनि सम्बन्धित निकायले खुलेआम...

धार्मिक शिक्षामा भारतको साढे चार करोड अनुदान

२०७१ कार्तिक २८ गते ९:५७

म्याग्दी , २८ कात्तिक – मुस्ताङमा रहेको थेग्चेन लिङ गुम्बामा आवास गृह र भोजन गृह निर्माण गरी धार्मिक शिक्षालाई प्रोत्साहित गर्ने उद्देश्यले भारत सरकारले चार करोड ४४ लाख अनुदान सहयोग गर्ने भएको छ । उक्त सहयोगका लागि गत मङ्गलबार नेपालस्थित भारतीय दूतावास र मोञ्चो...

काठमाण्डुमा जग्गाको मूल्य आनाको सात हजारदेखि ४० लाखसम्म

२०७१ कार्तिक २८ गते २:०४

काठमाण्डु, २८ कात्तिक– सरकारले काठमाण्डु उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्य तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन गरे पनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म...

श्रमको मूल्य नपाएपछि अदुवा कृषक चिन्तित

२०७१ कार्तिक २७ गते ११:४३

पाँचथर, २७ कात्तिक – यस वर्ष मौसममा समेत अदुवाले भाउ नपाएपछि सुदूरपूर्वी जिल्ला पाँचथरका कृषक चिन्तित भएका छन् । गत वर्ष यतिबेला अदुवा किन्न घरघरमै आउने व्यापारी अहिले भने गाउँ नै पसेका छैनन् । कात्तिकको पहिलो हप्ताबाट नै अदुवाको कारोबार सुरु हुने भए पनि...

अवैध ढक, तराजु प्रयोग गरेर ठग्ने नियन्त्रणमा

२०७१ कार्तिक २७ गते ११:४०

महोत्तरी, २७ कात्तिक – राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीले बर्दिवास बजारमा अनुगमन गरेर अवैध ढक तथा तराजु नियन्त्रणमा लिएको छ । मञ्चको महोत्तरी अध्यक्ष दीपेन्द्र पराजुली नेतृत्वको टोलीले बर्दिवासमा शनिबार र बुधबार सातामा दुईपटक लाग्ने बजारबाट ६४ थान अवैध ढक र दुई थान काठे डन्डी...

विनोद चौधरीका छोराले तिरे पारपाचुकेबापत १६ करोड

२०७१ कार्तिक २६ गते १२:४९

काठमाण्डु, २६ कात्तिक– नेपालका बहुचर्चित व्यवसायी विनोद चौधरीका छोरा निर्वाण चौधरीले पारपाचुके बापत १६ करोड रुपैंया (भारतीय १० करोड) रुपैयाँ तिरेका छन् । स्टिल उद्योगका टाइकुन मानिने लक्ष्मी मित्तलकी भतिजी स्वस्ती मित्तललाई उनले ‘डिभोर्स’ दिएका हुन् । बेंगलोरको पारिवारिक अदालतमा यी दुई व्यापारिक घरानाका...

कुमारी बैंकका सेयर धनी मालामाल

२०७१ कार्तिक २६ गते ११:४५

काठमाण्डु, २६ कात्तिक – कुमारी बैंक लिमिटेडले सेयर धनीलाई ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष नुरप्रताप राणाको अध्यक्षतामा आज बसेको १४ औँ साधारणसभाले सो निर्णय गरेको हो । अब बैंकको चुक्तापुँजी दुई अर्ब ४३ करोड १६...

पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

२०७१ कार्तिक २६ गते ११:३९

ललितपुर, २६ कात्तिक – पाटन सङ्ग्रहालय घुम्न आउने पर्यटकको सङ्ख्यामा पछिल्लो तीन महिनामा १८ प्रतिशतले वृद्धि भएको छ । पाटन सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेका अनुसार गत वैशाख महिनाबाट मूलचोक र सुन्दरीचोकसमेत सर्वसाधारणका लागि खुल्ला गरिएकाले घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो । साउन, भदौ...

कला र संस्कृति विकासका लागि डेनमार्कको सहयोग

२०७१ कार्तिक २५ गते १२:००

काठमाण्डु, २५ कात्तिक – डेनमार्कले नेपालको कला र संस्कृतिका क्षेत्रमा टेवा पु¥याउन नयाँ सहयोगका कार्यक्रम विस्तार गरेको छ । कला र संस्कृतिका माध्यमबाट बौद्घिक विकासका साथै व्यक्ति तथा संस्थालाई केन्द्रित गरेर आयआर्जनको सम्भावना रहेका उत्पादन तथा सेवा क्षेत्रमा कार्यरत युवा उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us