अर्थ

लुम्बिनी महोत्सवमा तीन लाख पर्यटक आउने

२०७१ मंसिर १७ गते १३:०२

लुम्बिनी, १७ मंसिर– ‘लुम्बिनीको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ भोलि देखि लुम्बिनी महोत्सव सुरु हुँदैछ । छैटौं पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव नाम दिइएको यस महोत्सवमा तीन लाख दर्शकले मेला अवलोकन गर्ने तथा १० करोड रुपैंयाको कारोबार...

छिम्केश्वरी होमस्टेमा पर्यटक बढे

२०७१ मंसिर १७ गते ७:०३

तनहुँ, १७ मंसिर– पर्यटकीय गाउँको रुपमा परिचित तनहुँको छिम्केश्वरी गाविसको हिलेर्खकमा बिजुली सेवा विस्तारपछि पर्यटक आगमनमा वृद्धि भएको छ । गत वर्षदेखि सो गाउँमा सञ्चालन गरिएको होमस्टेमा बिजुलीको सेवा विस्तारपछि हालसम्म बाह्य र आन्तरिक गरी करिब एक हजार पर्यटकले बास बसेको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन...

पुस २ देखि धादिङ महोत्सव हुने

२०७१ मंसिर १७ गते ३:०७

धादिङ, १७ मंसिर– धादिङ उद्योग वाणिज्य संघले आगामी पुस २ देखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारमा चौंथो धादिङ महोत्सव आयोजना गर्ने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको...

चीनसँग बिप्पा गर्ने सरकारी तयारी

२०७१ मंसिर १६ गते १५:३०

अत्तरिया, १६ मंसिर– उद्योग मन्त्री महेश बस्नेतले नेपालमा लगानी भित्र्याउन छिमेकी चीनसँग पनि छिटै बिप्पा सम्झौता गरिन लागेको बताएका छन् । प्रेस चौतारी कैलाली शाखाले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले वैदेशिक लगानी भित्र्याउन भारतसँग बिप्पा सम्झौता भइसकेको र अब चीनसँग पनि गरिने उल्लेख...

चीनले भैंसी दिन खोजेपछि गाई नै दिन नेपालको जोड

२०७१ मंसिर १६ गते १३:२४

काठमाण्डु, १६ मंसिर–दैनिक एक लाख ५० हजार लिटर दूधको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने प्रयास जारी राखेको छ । भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो । चीनका...

अलैंचीको भाउ बढ्यो, एक मनको एक लाख

२०७१ मंसिर १६ गते ११:२१

पाँचथर, १६ मंसिर– गत वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो भाउ पाएपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष झन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ । गत वर्ष रु ८० हजारसम्ममा बिक्री भएको अलैँची अहिले...

सुन्तलाले बजार पाएपछि म्याग्दीका कृषक उत्साहित

२०७१ मंसिर १६ गते १०:५४

बाबियाचौर, १६ मंसिर– गाउँमा उत्पादित सुन्तला राजधानी काठमाडौँको बजारमा जान थालेपछि म्याग्दीको भकिम्ली गाविस–५ राखुका कृषक उत्साहित भएका छन् । बजार खोज्दै काठमाडाँैको कालिमाटीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्रमा पुगेका राखुका किसानले उचित मूल्य पाएपछि यस वर्ष मङ्सिरमै गाउँका सबै बगैँचाको सुन्तला एकैपटक बेच्न...

एटीएमबाट ५ करोड झिकेर भागेका बैंक कर्मचारी पक्राउ

२०७१ मंसिर १५ गते १५:२८

काठमाण्डु, १५ मंसिर– सर्वसाधारणको ५ करोड ७५ लाख हिनामिना गरेर फरार रहेका हिमालयन बैंकका तत्कालीन सहायक प्रबन्धक अनिसभक्त सुवाल डंगोल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर अपराध महाशाखा हनुमानढोकाका अनुसार उनलाई बाँके खास कारकाँदोस्थित एयरपोर्ट सडकबाट पक्राउ गरिएको छ । बैंकको कार्ड सेन्टरमा...

नेपाल–चीन रसुवागढी नाका खुला

२०७१ मंसिर १५ गते १५:१२

धुन्चे, १५ मंसिर– नेपाल र चीनबीच लिन्दे खोलामा रहेको ऐतिहासिक रसुवागढी नाका औपचारिकरुपमा आजदेखि खुल्ला भएको छ । दुई देशबीच अविच्छिन्नरुपले व्यापार व्यवसाय अभिवृद्धि गर्न ल्हासाका लागि नेपाली महावाणिज्य दूत हरि बस्याल र चीनको तिब्बत क्षेत्र हेर्ने उपाध्यक्ष टोङ मिन चिङले औपचारिकरुपमा नाका खुल्ला...

कालीगण्डकीमा जलयात्रा गर्ने पर्यटक बढे

२०७१ मंसिर १५ गते ११:५७

पर्वत, १५ मंसिर– पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजारदेखि स्याङ्जाको मिर्मीसम्मको जलयात्रामा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । स्टिमरको यात्रा गरेर रमाइलो गर्नेहरू र कामको सिलसिलामा यात्रा गर्नेले स्टिमरमा चाप बढ्दै गएको हो । मनोरम प्राकृतिक सम्पदाको दृश्य देख्न सकिने भएकाले...

पशु बीमातर्फ कृषक आकर्षित

२०७१ मंसिर १५ गते ३:१६

रौतहट, १५ मंसिर– जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृषकको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम क्षतिपूर्तिबापत पाउन थालेपछि पशु बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको हो । जिल्ला पशु सेवा कार्यालय रौतहटले गाई माई (गाईलाई आमा मान्ने)...

चीनबाट उन्नत जातका दश हजार गाई ल्याउने तयारी

२०७१ मंसिर १४ गते १६:२६

काठमाण्डु, १४ मंसिर– सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने तयारी गरेको छ । भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाई भएपछि सरकारले चीनबाट ल्याउने तयारी गरेको हो । मुलुकमा दूध र दुग्धजन्य उद्योगको समग्र स्थिति झल्काउने नेपाल डेरी एसोसिएसनको प्रकाशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us