बागलुङ, १७ माघ– नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले विद्युत् महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । लामो समयसम्म विद्युत महसुल नतिर्दा बक्यौता रकम बढी भएको भन्दै अटेर गर्ने व्यक्ति, सङ्घसंस्था तथा कार्यालय सबैको लाइन काट्न सुरु गरेको कार्यालयले जनाएको छ...
काठमाण्डु,१६ माघः कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले चालु छ महिनामा नेपालको भारतसँगको व्यापारघाटा तीन खर्ब ८६ अर्व पुगेको जानकारी दिएका छन् । शुक्रबार राजधानीमा सुरु भएको दोस्रो राष्ट्रिय माछा महोत्सव तथा राष्ट्रिय सम्मेलनमा बोल्दै थापाले सो कुरा बताएका हुन् । मुलुकको आर्थिक...
काठमाण्डु,१६ माघ- बेरोजगार युवा सङ्घ नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले रोजगारीका लागि स्रोत साधन हुँदाहँदै राज्यले रोजगारीको व्यवस्था गर्न नसक्दा एक करोड १५ लाख युवा बेरोजगार हुनुपरेको अवस्थामा बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शुक्रबार सङ्घको काठमाण्डु जिल्ला प्रथम सम्मेलनको उद्घाटन गर्दै थापाले...
काठमाण्डु, १६ माघ– आगामी फागुण २ गतेदेखि ११ गतेसम्म स्वर्गद्धारी प्युठान महोत्सव हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको सो महोत्सवले मध्य–पश्चिमाञ्चलको कृषि, पर्यटन, उर्जा तथा औद्योगिकव्यापारमा थप टेवा पुर्याउने आयोजकहरुले बताएका छन् ।...
काठमाण्डु, १६ माघ- मुलुक निर्माणमा लागेका भनिएका राजनीतिक पार्टीहरुमध्ये यसबेला सबैभन्दा धनी पार्टीको रुपमा नेकपा (एमाले) देखिएको छ । निर्वाचन आयोगमा वुझाईने वार्षिक आर्थिक विवरण आधारमा एमाले सबैभन्दा धनी पार्टीको रुपमा देखिएको हो । पछिल्लो आर्थिक वर्षको विवरणलाई हेर्दा एमाले पछि एमाओवादी र तेश्रोमा...
धनकुटा, १६ माघ– जितपुरमा गए राति मुकुन्डोधारी हतियारसहितको लुटेरा समूहले ३० लाख बरावरको लुटपाट गरेको छ । जितपुर–६ आन्द्रुङका नारायण भनिने शिवशङ्कर लिम्बूको घरबाट सो समूहले करिब रु तीन लाख नगद र २७ लाख बराबरको बहुमूल्य रुद्राक्ष लुटपाट गरेको हो । घरमा आमाछोरी मात्र...
काठमाण्डु, १५ माघ– नेपाल र युरोपेली मुलुक चेक गणतन्त्रबीच लगानी प्रवद्र्धन तथा आर्थिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएको छ । दुई मुलुकबीच पहिलोपटक भएको उक्त सम्झौता औद्योगिक विकास, लगानी विस्तार र निजी क्षेत्रसँगको साझेदारी एवम् सहयोगमा केन्द्रित छ । पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतामा अर्थ...
नवलपरासी, १५ माघ– नवलपरास जिल्लामा रहेका सहकारी संस्थाले दोहोरो रुपमा अनुदान लिने र काम एउटा गरी दुवै ठाउँमा एउटै बिल देखाएर फछ्र्योट गर्ने कामबाट सरकारी अनुदान बालुवामा पानी सरह भएको छ । सहकारी विभाग र व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० मार्फत अनुदान लिने...
लहान, १५ माघ– डेढ महिनाअघि वितरण गर्न सिरहाको मिर्चैया नगरपालिकामा आएको कम्बल जाडो सकिन लाग्दासमेत नगरपालिका कार्यालयमै थन्किएका छन् । दैवी प्रकोप उद्धार समितिको सिफारिसमा रेडक्रस सोसाइटी सिरहाले शीतलहर प्रभावित दलित तथा विपन्न परिवारलाई वितरण गर्न भन्दै नगरपालिकालाई उपलब्ध गराएकोे एक सय थान कम्बल...
महोत्तरी, १५ माघ– जिल्ला भन्सार कार्यालय महोत्तरीमा विभिन्न समयमा पक्राउ गरी ल्याइएको रु दुई करोडभन्दा बढी मूल्यका सवारी लिलाम नहुँदा कवाडी बन्दै गइरहेका छन् । जिल्लाका सुरक्षा निकायले जिल्लाभित्र अवैधरुपमा फेला पारेका ठूलासाना करिब १२ दर्जनभन्दा बढी सवारीसाधन विगत दुई वर्षदेखि लिलाम हुन नसक्दा...
पर्सा, १४ माघ– जिल्ला कृषि विकास कार्यालय पर्साले च्याउखेतीलाई प्रोत्साहन गर्नका लागि अनुदान रकम प्रदान गर्ने भएको छ । जिल्लाका विभिन्न ग्रामीण भेगका च्याउखेती गरिरहेका महिला तथा युवा कृषकलाई लक्षित गरी अनुदानस्वरुप रकम प्रदानको तयारीमा कार्यालय जुटेको हो । जिल्ला कृषि विकास समितिको निर्णयअनुसार...
सिन्धुपाल्चोक, १४ माघ– सिन्धुपाल्चोक जिल्लामा प्रशस्त रुपमा अन्न उत्पादन हुने मेलम्ची बजारको फाँट अहिले एकाएक घडेरीको रुपमा परिर्वतन हुँदै गएको छ । गहुँ, धान, मकैलगायत प्रशस्त अन्नबाली र नगदेबालीका हिसाबले महत्वपूर्ण मानिएको मेलम्ची बजारको विस्तारका कारण जग्गा प्लटिङ हुँदै धमाधम घर–घडेरीमा परिणत हुँदै गएको...