चितवन, २ पुस–चितवनको सुन्तला पकेट क्षेत्रमध्येको एक दारेचोक गाविस–१ र ५ मा रहेको एकै गाउँमा एक करोड ७५ लाखको सुन्तला उत्पादन भएको छ । दारेचोकको तोकदाङ क्षेत्रमामात्रै करिब ५० हेक्टर क्षेत्रमा सुन्तलाखेती भइरहेको छ । जिल्ला कृषि कार्यालय चितवनले सो क्षेत्रलाई सुन्तला पकेट क्षेत्र...
पर्सा, २ पुस–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्साको उदयपुरघुर्मी र हरपतगन्जबाट बल्सी लगाई विद्युत् चोरी गरिरहेको अवस्थामा बुधबार ११ जनालाई पक्राउ गरेको छ । केन्द्रले सुुरु गरेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई विद्युत् प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको...
एजेन्सी–भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुति सुजुकीले अर्काे महिनादेखि कारको मूल्य बढाउने भएको छ । कंपनीले उत्पादन लागतको आंशिक भरपाइका लागि जनवरीदेखि आफ्नो सबै मोडलका कारको मूल्य दुइ देखि चार प्रतिशतसम्म बढाउने योजना बनाएको छ । मारुति सुजुकीका कार्यकारी निर्देशक आर एस कलसीले भने...
काठमाण्डु, १ पुस–चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच दशमलव १ प्रतिशतले घटेको प्रारम्भिक अनुमान कृषि विकास मन्त्रालयले गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा त्यो घटेर ४७ लाख...
खोटाङ, १ पुस– खोटाङ जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरिएका छन् । सोमबार दिक्तेलमा सम्पन्न छैटौं कृषक दिवस तथा बृहत् व्यावसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल–५ का रामकुमार राई, नेर्पा–६ का देवराज रिजाल र लामीडाँडा–५ का कुमार श्रेष्ठ सम्मानित भएका हुन् । गाउँमै...
काठमाण्डु, २९ मंसिर– नेपाल विद्युत प्राधिकरणले आगामी पुस २ गतेदेखि दैनिक थप दुई घण्टा लोडसेडिङ गर्ने भएको छ । नयाँ तालिकासँगै अबदेखि १० घण्टा लोडसेडिङ हुने भएको छ । प्राधिकरणले यसअघि दैनिक आठ घण्टाका दरले लोडसेडिङ गर्दै आएको थियो । परिस्थिति प्रतिकुल भएको अवस्थामा...
पर्वत, २९ मंसिर–चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवम् कफी, लप्सी तथा सुन्तला महोत्सव यही पुसको दोस्रो हप्ता हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ पर्वत र जिविस पर्वतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ९ देखि १५ गतेसम्म ...
विराटनगर, २९ मंसिर–उपराष्ट्रपति परमानन्द झाले राष्ट्रको तीनखम्बे आर्थिक नीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहेकाले सहकारी जनताप्रतिको उत्तरदायित्वमा समर्पित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले युवा रोजगारका लागि विदेश पलायन भइरहेकाले सहकारीमार्फत स्वरोजगारको व्यवस्था, सहज ढङ्गले निमुखा वर्गलाई...
काठमाण्डु, २९ मंसिर– नेपाल–चीन अन्तरसरकारी संयुक्त आर्थिक एवम् व्यापार समितिको एघारौँ बैठक आगामी बुधबार र बिहीबार बेइजिङमा हुँदैछ । सात वर्षअघि काठमाडौँमा सम्पन्न बैठकको समीक्षाका साथै आगामी आर्थिक वर्षमा द्विपक्षीय आर्थिक एवम् व्यपार बिस्तारका थप क्षेत्र पहिल्याउनेतर्फ एघाराँै बैठक केन्द्रित हुने अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद...
दाङ, २८ मंसिर–दाङ र कैलालीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । दाङका जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत धनबहादुर थापाले यस वर्ष जिल्लामा एक लाख ५७ हजार २७३ मेट्रिकटन धान उत्पादन भएको बताए । जुन गत वर्षको तुलनामा ३.०३ प्रतिशतले बढी...
ललितपुर, २८ मंसिर–हाउस अफ राजकर्णिकारले शनिबार सुरु गरेको क्रिसमसमा उपयोग हुने उपहारका सामानको प्रदर्शनीमा रु ३५ लाखको आर्थिक कारोबार भएको छ । संस्थाका निर्देशक मुनु राजकर्णिकारका अनुसार हिजोबाट स्टाफ कलेजमा भएको प्रदर्शनीमा सजावजटका ट्रि, बालबालिकाले खेल्ने खेलका सामान, जाडोमा लगाउने लुगा, विद्युतीय सामान, चाँदीका...
काठमाण्डु, २८ मंसिर–साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिप्याकेट आयोडिन नुनको मूल्यमा तिन रुपैयाँ बढाएको छ । नुन खरिदबाट कर्पोरेसन घाटामा रहेको भन्दै भाउ बढाएको हो । यसअघि प्याकेटको १५ रुपैयाँ पर्ने आयो नुन अब उपभोक्ताले १८ रुपैयाँमा खरिद गनृू पर्ने छ । २०६६ सालबाट मूल्य नबढाएको र कम्पनी...