अर्थ

अघोषित नाकाबन्दीमा पनि खाद्यान्नको अभाव छैन

२०७२ असोज ११ गते १७:०८

काठमाण्डु, ११ असोज-अघोषित नाकाबन्दीले यहाँ पिठो, चामल र दाललगायत अन्य कुनै खाद्यान्नको समस्या नरहेको धारणा व्यक्त गरिएको छ । मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले सरकारले ठूला व्यापारी, तथा थोक विक्रेताको खाद्यान्न भण्डारको अवलोकन गर्न सरकारलाई...

पर्यटन विकासका लागि तीन करोड लगानी

२०७२ असोज ११ गते १५:०९

इलाम, ११ असोज- मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले इलामलगायत पाँचथर र ताप्लेजुङमा पर्यटकीय क्षेत्रमा झन्डै तीन करोड बजेट विनियोजन गरेको छ । तीनै जिल्लामा पर्यटन पूर्वाधार निर्माणका लागि चालु आव २०७२/७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई करोड ८८ लाख...

यी स्थानमा वितरण हुँदैछन् सोमबार डिजेल र पेट्रोल

२०७२ असोज ११ गते १४:११

काठमाण्डु, ११ असोज– नेपाल आयल निगमले सोमबार काठमाण्डु उपत्यका र आसपासका ६० वटा पेट्रोल पम्पबाट डिजेल र पेट्रोल वितरणगर्दै छ । पेट्रोल वितरणका लागि ११ वटा सरकारी पम्प तोकिएको छ । भने, डिजलका लागि नीजि पम्पले पनि वितरण गर्नेछन् । सोमबार २ लाख ४०...

आयल निगमद्वारा कोटा प्रणाली सुरु

२०७२ असोज ११ गते १३:२०

काठमाण्डु, ११ असोज- नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ । ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग...

विश्व बैंकले ऊर्जा क्षेत्र सुधारका लागि दुई अर्ब बढी ऋण दिने

२०७२ असोज १० गते १६:५६

काठमाण्डु, १० असोज-विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास परियोजना कार्यान्वयनका लागि सरकारलाई करिब दुई अर्ब १४ करोड ऋण सहयोग गर्ने भएको छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाहरूको क्षमता विस्तार, जलविद्युत् उत्पादन तथा प्रसारण लाइनलगायत कामका निम्ति बैंकले आज ऋण सहायता स्वीकृत...

अघोषित नाकाबन्दी फिर्ता गर्न आग्रह

२०७२ असोज १० गते १५:५१

काठमाण्डु, १० असोज-छिमेकी मुलुक भारतबाट नेपाली भन्सार नाकाहरुमा लगाइएको अघोषित नाकाबन्दी तथा बन्द हडताल फिर्ता गर्न उपभोक्ता मञ्चले आग्रह गरेको छ । बन्द हडतालका कारण इन्धनलगायत अत्यावश्यक वस्तुका मालबाहक गाडीहरु रोक लगाई आयात ठप्प पारिएका कारण नेपाली बजारमा तत्काल पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको...

पर्यटन क्षेत्रमा पाँच अर्ब लगानी

२०७२ असोज १० गते १५:४१

चितवन, १० असोज-नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । विश्व पर्यटन दिवसका अवसरमा आइतबार भरतपुरमा भएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । चितवनको पर्यटन क्षेत्रमा मात्रै करिब पाँच अर्ब लगानी भएको छ । जनआन्दोलन २०६२/६३ पछि...

तेल अभाव भएपनि अन्तर्राष्ट्रिय उडान रोकिँदैनः निगम

२०७२ असोज १० गते १४:४१

काठमाण्डु, १० असोज– भारतले नाकाबन्दी लगाएपनि इन्धन अभावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडान बन्द नहुने नेपाल आयल निगमले जनाएको छ । निगमले आइतबार आन्तरिक उडान गर्ने जहाजहरुका लागि १ महिनालाई पुग्ने इन्धन स्टक रहेको पनि स्पष्ट पारेको छ । आयल निगमको हवाइ...

पत्रकार महासङ्घलाई आर्थिक सहयोग

२०७२ असोज १० गते १३:५२

म्याग्दी, १० असोज-म्याग्दी उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घलगायत विभिन्न आठवटा सङ्घसंस्थालाई करिब दुई लाख ५० हजार नगद सहयोग गरेको छ । सङ्घको मूल आयोजनामा वि.सं २०७१ पुस र माघ महिनामा सञ्चालन भएको पाँचौँ म्याग्दी महोत्सवमा साधारण टिकट बिक्रीबाट प्राप्त आम्दानीबाट सो सहयोग गरेको...

मुलुकलाई आत्मनिर्भर बनाउन सहकारीको विकासमा जोड

२०७२ असोज १० गते ११:१३

काठमाण्डु, १० असोज– पूर्व कृषि तथा सहकारीमन्त्री होमनाथ दाहालले परनिर्भरता बढिरहेको र अघोषित नाकाबन्दीको चर्चा चलिरहेको बेला मुलुकलाई आत्मनिर्भर तुल्याउन सहकारीको विकास र विस्तारमा जोड दिएका छन् । कोटेश्वरस्थित मंगलमूर्ति बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आयात बढेर मुलुक...

नवलपरासीमा दुई अर्ब ५० करोडको पशु बिमा

२०७२ असोज ९ गते १६:५३

कावासोती, ९ असोज-नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१/७२ मा दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् । पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको छ । गाई, बाख्रा र भैँसीलगायतका पशु बिमा गरिएको छ । पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम...

‘औद्योगिक ग्राम’ स्थापना गर्न अध्ययन गरिने

२०७२ असोज ९ गते १६:३२

काठमाण्डु, ९ असोज- मुलुकलाई उद्योगतर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग विकास समितिले ‘औद्योगिक ग्राम’ स्थापनाका लागि अध्ययन गर्ने भएको छ । भूकम्पले उद्योग क्षेत्रमा क्षति पुगेको भन्दै देशका ९४ निर्वाचन क्षेत्रमा ‘औद्योगिक ग्राम’को सम्भाव्यता अध्ययन गर्न लागेको समितिका कार्यकारी निर्देशक घनराज पन्तले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us