बागलुङ, १४ असोज-नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो । १२ किमीको मालढुङ्गा–टाकुरीखण्डको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको...
खोटाङ, १३ असोज– साना सिँचाइ आयोजना सञ्चालनका लागि खोटाङमा सात करोडको अख्तियारी प्राप्त भएको छ । जिल्लाका ४४ वटा साना सिँचाइ आयोजना सञ्चालन गर्न जिविसमा उक्त रकम अख्तियारी प्राप्त भएको हो । अख्तियारी प्राप्त भएसँगै जिल्लाका १३ वटा इलाकामा सर्भे भएका सिँचाइ आयोजनाको तत्काल...
इलाम, १३ असोज– इलामको पशुपतिनगरमा रहेको मुलुककै ठूलो चीज कारखानासहित अन्य पाँच वटा सरकारी चीज कारखानाको उत्पादन बन्द भएको छ । देशमा जारी बन्द, हड्ताल र पेट्रालियम पदार्थको आपूर्ती सहज नभएर सवारी साधन नचलेपछि चीज उत्पादन बन्द भएको हो । दुग्ध विकास संस्थानअन्तर्गत रहेका...
ताप्लेजुङ, १३ असोज– बर्सेनि लाखौँ भक्तजनले दर्शन गर्ने ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले बल्ल चासो देखाएको छ । वार्षिक एक करोडभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्यविधि...
बाँके, १३ असोज– बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको तीन वर्षपछि निकुञ्जमा पर्यटकीय विकासका लागि घाँसेमैदान निर्माण भएको छ । कोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्धेनी घाँसेमैदानलाई पहिलो पर्यटकीय केन्द्रबिन्दुका रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटन निकुञ्जमा घुम्ने बाटो खुल्ला भएको छ ।...
काठमाण्डु, १२ असोज-व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले मदिरा उद्योग सञ्चालन सम्बन्धमा औद्योगिक प्रवद्र्धन बोर्डबाट दिइएको अनुमति तत्काल कार्यान्वयन नगर्न उद्योग मन्त्रालयलाई दिर्नेशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा मंगलबार बसेको बैठकले मदिरा उद्योग सञ्चालनका सम्बन्धमा समितिमा उजुरी परेकाले देशलाई अप्ठ्यारो...
पोखरा, १२ असोज-माछापुछ्रे बैंक र जनता बैंक गाभिनका लागि विस्तृत सहमतिपत्रमा हस्ताक्षर भएको छ । माछापुछ्रे बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले सोमबार विस्तृत सहमतिमा हस्ताक्षर गरेका हुन् । गाभिएपछि बैंकको प्रधान कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाण्डुमा...
काठमाण्डु, १२ असोज-मुख्य सचिव डा सोमलाल सुवेदीले भौतिक पूर्वाधारको गुणस्तर सुधारमा ध्यान नपुग्दा सरकारी एवम् सार्वजनिक निकायमाथि चुनौती थपिएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्र र एसियाली विकास बैंकले संयुक्तरुपमा मंगलबार आयोजना गरेको सार्वजनिक तथा सरकारी क्षेत्रका पूर्वाधार परियोजनाको लेखापरीक्षणका विषयमा...
पाल्पा, १२ असोज– जिल्ला वन कार्यालयले ३५ हजार १८० हेक्टर वन क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगिताको जिम्मा स्थानीयलाई सुम्पेको छ । वन स्थानीयलाई सुम्पेपछि नाग्रा डाँडा तथा भिरपाखा अहिले हरियाली छाएको छ । समुदायको अगुवाइमा वन संरक्षण हुन थालेपछि वन फँडानी रोकिएको हो ।...
काठमाण्डु, १२ असोज–टेलिभिजन प्रसारक संस्था डिस होमले पनि मंगलबारदेखि नेपालमा भारतीय टेलिभिजन प्रसारण बन्द गर्ने भएको छ । नेपालमा संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको विरोधमा डिसहोमले पनि भारतीय च्यालन बन्द गर्ने भएको छ । डिसहोमको अनुसार मंगलबार बिहान १०...
विराटनगर, ११ असोज-नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरसँग चामल पर्याप्त मात्रामा मौज्दात छ । यस कार्यालयको गोदाममा ११ हजार क्विन्टल चामल मौज्दात रहेको छ । पहाडी जिल्लाको डिपोमा पनि दसैँसम्मका लागि चामल मौज्दात रहेको सो कार्यालयले जनाएको छ । यस कार्यालयबाट कोसी अञ्चलको भोजपुर...
बुटवल, ११ असोज-नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा लगानीमैत्री वातावरण बिथोलिएकै कारण लगानीको पर्याप्त सम्भावना हुँदाहुँदै पनि लगानी भित्र्याउन नसकिएको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६२औँ वार्षिक साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै गभर्नर नेपालले नेपालीको परनिर्भरता कहालीलाग्दो रुपमा बढेको...