अर्थ

पर्यटन प्रवद्र्धनका लागि मोबाइल एप्स प्रविधिको प्रयोग

२०७२ मंसिर २८ गते १७:३९

काठमाण्ड्, २८ मंसिर – सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ । नेपालमा पर्यटकीय गन्तव्य कहाँ/कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ...

सिलाइमा भविष्य खोज्दै गाउँका युवती

२०७२ मंसिर २८ गते १७:२५

भीमदत्तनगर, २८ मंसिर – रौतेलीविचुवा गाविस–७ इमलियाका १८ वर्षीया इन्द्रा राना गाउँकै एक झोपडीमा सिलाइकटाई तालिम सिक्दै गरेको अवस्थामा भटिइन् । गाउँकै विद्यालयमा कक्षा–६ सम्म पढेकी रानाले तीन वर्षअघि नै विद्यालयबाट टाढिएको सुनाइन् । ‘घरबाट त स्कूल पठाएकै हुन्,’ उनले भनिन्, ‘तर पढाइ धेरै...

दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नुपर्दैन: कृषि मन्त्री

२०७२ मंसिर २८ गते १६:०३

काठमाण्डु, २८ मंसिर-कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नु नपर्ने बताएका छन् । सोमबार राजधानीमा कृषि पत्रकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषिको विकास बिना मुलुकको विकास सम्भव नभएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर...

रुपन्देहीमा पशु बिमामा आर्कषण बढ्यो

२०७२ मंसिर २८ गते १५:२४

रुपन्देही, २८ मंसिर – जिल्लामा पशुपालन व्यवसायमा फड्को मारेसँगै पशु बिमा गर्नेहरु पनि सक्रिय बनेका छन् । जिल्ला पशु सेवा कार्यालयमा विगतको तुलनामा पशु बिमा गर्ने किसानको सङ्ख्या निकै बढेको पाइएको छ । गत वर्ष ६ करोड रुपैयाँको बिमा गरिएकोमा यस वर्ष रु २०...

गड्यौँलाको प्रयोग गरी कम्पोस्ट मल बनाउँन कृषक उत्साहित

२०७२ मंसिर २८ गते १४:४७

कञ्चनपुर, २८ मंसिर – जिल्लाको बेदकोट नगरपालीका–९ भुडाका किसान कम्पोस्ट मल बनाउँन  उत्साहित देखिएका छन् । किसानहरु गड्यौँलाको प्रयोग गरी कम्पोस्ट मल बनाउन थालेका छन् । व्यावसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पुरक अनुदान सहयोगमा उनीहरु मल उत्पादनको कार्यमा संलग्न भएका हुन् । आयोजनाबाट...

यसरी उठ्न सक्छ एक महिनामै जलविद्युतमा लगानी

२०७२ मंसिर २८ गते १४:१४

काठमाण्डु, २८ मंसिर– नेपाल लामो समयदेखि ऊर्जाको चरम सङ्कटमा छ । भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समयमा जलविद्युतमा लगानी बढाउनुपर्ने आवाज पनि बढ्दै गएको छ । नेपालभित्र लगानीको स्रोत छैन, रकम जुटाउन सकिदैन भन्ने विषय पनि उत्तिकै उठेको छ । तर सरकारले विश्वासिलो वातावरण...

पर्यटक सुविधाका लागि सूचना केन्द्र सञ्चालनमा ल्याइदै

२०७२ मंसिर २८ गते १३:२०

इलाम, २८ मंसिर – पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको...

जर्मन सरकारद्वारा नेपाललाई साढे तीन अर्ब सहयोग

२०७२ मंसिर २८ गते १२:४४

काठमाण्डु, २८ मंसिर– जर्मन सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’मार्फत रु तीन अर्ब ४६ करोड ९३ लाख अनुदान सहयोग गर्न सहमत भएको छ । ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार उक्त सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव...

शिक्षकको तलब देउसी भैलोबाट

२०७२ मंसिर २८ गते ८:५०

दाङ, २८ मंसिर– धेरैजसोले देउसी भैलोबाट सङ्कलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर दाङको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङ्कलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको तलब भत्तामा खर्चने भएको छ । दाङ देउखुरीको लालमटिया–८ नयाँबस्ती श्रीचौर मसुरियामा रहेको नवज्योति निम्न...

भूकम्पपीडितलाई एक करोड बढी अनुदान वितरण

२०७२ मंसिर २८ गते ८:३९

पर्वत, २८ मंसिर– गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले पर्वतका विभिन्न गाविसमा  एक करोड बढी वितरण गरिएको छ । समाज कल्याण स्रोत विकास केन्द्रले जिल्लाका ठानामौला र भंगरा गाविसमा रहेका भूकम्पपीडितलाई भूकम्पपछिको पुनःआयआर्जनका लागि  एक करोड १४...

‘राष्ट्रले धान्न नसक्ने सेवा सुविधा नदिऊ’ –ट्रान्सपरेन्सी

२०७२ मंसिर २८ गते ८:३२

काठमाण्डु, २८ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई आजीवन सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको भन्ने विषयमा सार्वजनिक सञ्चारमाध्यममार्फत प्रकाशित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको...

च्याउ उत्पादनमा चुनौती

२०७२ मंसिर २७ गते १६:३६

काठमाण्डु, २७ मंसिर – नेपालमा च्याउ उत्पादनको सम्भाव्यता अध्ययन सीमित र श्रोतसाधनको अभावमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको विज्ञहरु बताउँछन् । एग्रो टाईम्सले आयोजना गरेको ‘च्याउको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा विज्ञहरुले व्यावसायिक स्थायित्व नहुनु, अनुदानमा दक्ष व्यवसायीको पहुँच नहुनु, बीउबिजन नपाउनुजस्ता कारण च्याउको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us