अर्थ

सवारीबाट ५० करोड रुपैयाँ कर उठ्न बाँकी

२०७२ पुष १ गते १७:१०

काठमाण्डु, १ पुस – दर्ता भएर नियमित रुपमा सवारी कर नतिरेका सवारी साधनलाई छिटो कर तिर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । धेरै पुराना सवारी साधनले कर नतिरेकाले समयमै नतिर्नेको तथ्याङ्क सङ्कलन गरी कारबाहीको प्रक्रियामा जान लागिएको विभागका निर्देशक एवम् प्रवक्ता वसन्त अधिकारीले...

देशभरिका निर्माण योजनाको एक वर्ष म्याद थप्न माग

२०७२ पुष १ गते १६:५५

काठमाण्डु, १ पुस – नेपाल निर्माण व्यवसायी महासङ्घले देशभरिका सम्पूर्ण निर्माण योजनाको म्याद एक वर्ष थप्न माग गरेको छ । आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य रोकिएको भन्दै म्याद थप्न माग गरेका हुन् । उनले नाकाबन्दी र...

परम्परागत तवरले ऊर्जा संकट असम्भव : ऊर्जा मन्त्री

२०७२ पुष १ गते १६:३४

काठमाण्डु, १ पुस – उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सामुदायिक ग्रामीण विद्युतीकरणमा लागेका संस्थाले प्रसारण र वितरणमा मात्रै ध्यान नदिई सहकारीको अवधारणामा विद्युत उत्पादनमा लाग्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ र जर्मन सहयोग नियोगले बुधबार ललितपुरमा आयोजना...

भारतीय दूतावासले कति लग्यो तेल ?

२०७२ पुष १ गते १४:५६

काठमाण्डु, १ पुस– कुनै पनि ठूला उपभोत्ताले नेपाल आयल निगममार्फत तेल नपाए पनि भारतीय दूतावासले भने तीन हजार लिटर तेल लगेको छ । मंसिर महिनाको २५\२६ गते दूतावासको नाममा सो परिणामको तेल जाँदा अन्य ठूला उपभोक्ताले भने कुनै परिणाममा तेल पाएनन् । यो सँगै...

मनोनयन दर्ताबाटै ९ लाख रुपैयाँ सङ्कलन

२०७२ पुष १ गते १४:४६

भीमदत्तनगर, १ पुस – कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्वाचनका लागि मनोनयन दर्ताबाटै आठ लाख ९२ हजार रुपैयाँ सङ्कलन गरेको छ । उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरुबाट सो रकम सङ्कलन भएको हो । उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत प्रेमसिंह भाटका अनुसार...

सुन्तला बिक्री नहुँदा म्याग्दीका किसान निराश छन्

२०७२ पुष १ गते १४:२३

म्याग्दी, १ पुस – गतवर्ष सुन्तला बिक्रीबाट रु १५ लाख गाउँमा भित्र्याएका जिल्लाको भकिम्ली–५ राखुका किसान यसपटक निराश छन् । गत वर्ष मङ्सिर महिनामा सबै बगानको सुन्तला बिक्री गरेका राखुका किसानले यसपाली दुई ट्रक मात्र बेचेका छन् । तराई बन्द, इन्धन अभाव र भारतीय...

गोदावरीलाई धार्मिक पर्यटन गन्तव्य बनाउन कुम्भमेला

२०७२ पुष १ गते १४:०९

धनगढी, १ पुस – सुदूरपश्चिमको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरीलाई धार्मिक पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘सहश्र कुम्भ दर्शन मेला’को तयारी गरिएको छ । आगामी माघ १ गतेदेखि फागुन १ गतेसम्म हुने सहश्र कुम्भ दर्शन मेलाको व्यवस्थापन गर्न साहित्यकार पदमराज जोशीको संयोजकत्वमा मूल समिति...

पोखरामा आन्तरिक पर्यटकलाई विशेष निम्तो

२०७२ पुष १ गते १३:४४

पोखरा, १ पुस – भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटकीय नगरी पोखराको पर्यटकीय विकासलाई सहयोग गर्ने उद्देश्यले रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)ले आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि पोखरा महोत्सवमा सहभागी हुन निम्तो अभियान आजदेखि सुरु गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र...

उत्पादनशील माटोमा अम्लीयपना बढ्यो

२०७२ पुष १ गते १२:१६

धादिङ, १ पुस – कृषि उत्पादनशील बारीमा माटोमा अम्लीयपना बढेकाले उत्पादनमा समेत ह्रास आएको पाइएको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौँडाको सहयोगमा शान्ति नेपाल र कृषि सेवा केन्द्र गजुरीको आयोजनामा गजुरीमा भएको एक दिने माटो परीक्षण शिविरमा १७० घरधुरीको माटो परीक्षण गरिएको थियो...

भारतबाट ४ लाख ४८ हजार लिटर इन्धन नेपाल भित्रियो

२०७२ मंसिर २९ गते १८:४९

कैलाली, २९ मंसिर– कैलालीको त्रिनगर भन्सार नाकाबाट मंगलबार २४ गाडी इन्धन नेपाल भित्रिएको छ । आयात गरिएको इन्धनमा तीन लाख ९६ हजार लिटर डिजल र ५२ हजार लिटर पेट्रोल रहेको छ । केही दिनदेखि मधेसी मोर्चाका कार्यकर्ता सीमा नाकामा धर्नामा नबस्दा वीरगञ्ज बाहेका नाकाबाट...

इन्धन अभावमा बर्दियाका निर्माणाधीन आयोजनाको काम ठप्प

२०७२ मंसिर २९ गते १६:३९

बर्दिया, २९ मंसिर – बन्द, हड्ताल र नाकाबन्दीका कारण बर्दियामा अर्बौंको लागतमा निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ । इन्धन र भारतबाट आयात हुने निर्माण सामग्रीको अभाव भएपछि विकास निर्माणको काममा प्रत्यक्ष प्रभाव परेको हो । बबई सिँचाइ आयोजना र कर्णाली नदी नियन्त्रण आयोजना...

नेपालमै पहिलो ‘राना थारु होमस्टे’ कञ्चनपुरमा सुरु

२०७२ मंसिर २९ गते १६:२८

भीमदत्तनगर, २९ मंसिर – कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका राना थारु समुदायका स्थानीय व्यक्तिले नेपालमै पहिलो राना थारु (घरबास) होमस्टे सञ्चालनमा ल्याएका छन् । कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायतका देशका अन्य क्षेत्रमा थारु चौधरी र अन्य जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालनमा ल्याएको भएपनि खासगरी सुदूरपश्चिममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us