अर्थ

तराईको सीमावर्ती क्षेत्रमा हुण्डीको अवैध कारोबार बढ्यो

२०७२ मंसिर २९ गते १६:०९

वीरगन्ज, २९ मंसिर – बजारमा भारतीय रुपैयाँको अभाव भएकाले वीरगन्जका उद्योग व्यावसाय मात्र होइनन्, शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवासमेत प्रभावित भएका छन् । भारतीय रुपैयाँको अभावसंँगै सीमावर्ती क्षेत्रमा हुन्डीको अवैध कारोबार भने फस्टाएको छ । अभावका कारण हुन्डीमार्फत दैनिक २० देखि २५ करोड...

महोत्तरीका किसान तरकारी खेतीतर्फ आकर्षित

२०७२ मंसिर २९ गते १५:५२

बर्दिवास, २९ मंसिर – महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका माइस्थान, गौरीवास, किसाननगर एवम् पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयालगायतका गाविसका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गरिक तरकारी खेतीतर्फ आकर्षित...

नियोकले राहत र पुनःनिर्माणको अनुगमन गर्ने

२०७२ मंसिर २९ गते १४:१८

काठमाण्डु, २९ मंसिर-राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) ले भूकम्पपछिको राहत र पुनःनिर्माणको अनुगमन गर्ने भएको छ । नियोकले परीक्षणको पहिलो चरणमा भूकम्प अति प्रभावित गोरखा, दोलखा र सिन्धुपाल्चोकका पाँच पाँच गाविसमा अनुमगन गर्ने छ । यसका लागि नियोकले दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ...

जुम्लाको ‘रैथाने बाली बचाउ’ विशेष अभियान

२०७२ मंसिर २९ गते १४:११

जुम्ला, २९ मंसिर – परनिर्भरताका कारण मुलुकले ठूलो हण्डर खानुपरेको अवस्थालाई अध्ययन गर्दै जिल्लामा आत्मनिर्भर समाज निर्माण गर्न यहाँको रैथाने बाली बचाउ अभियान थालिएको छ । आत्मसम्मानका लागि सहकार्य ‘क्याड जुम्ला’ भन्ने गैरसरकारी संस्थाले यो अभियान थालेको हो । विसं १८४८ पूर्व खस राज्य...

भक्तरपुरमा पर्यटक आगमनमा ८० प्रतिशतले कमी

२०७२ मंसिर २९ गते १४:००

भक्तपुर, २९ मंसिर – गत वर्षको तुलनामा यसवर्ष भक्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण चुलिएको इन्धन समस्याले जिल्लामा पर्यटक आगमनमा कमी आएको हो । यसवर्ष पहिलो चौमासिक ९साउनदेखि कात्तिक महिना०मा गैरसार्क राष्ट्रका १८...

अर्घाखाँचीका किसान सिताके च्याउप्रति आकर्षित

२०७२ मंसिर २९ गते १३:०४

अर्घाखाँची, २९ मंसिर – कम मेहनेत र थोरै लगानीमा अरु च्याउ भन्दा महंँगोमा बिक्री हुने भएपछि जिल्लामा सिताके च्याउप्रति किसान आकर्षित भएका छन् । ओखर, उत्तीस, कटुस, धार्ने जस्ता काठको मुडामा उत्पादन गरिने यो च्याउको लागि छुट्टै घर बनाउनु पर्दैन । मेहनेत थोरै लाग्ने...

विद्यालयका लागि १ लाख एक हजार रुपैयाँको अक्षयकोषको स्थापना

२०७२ मंसिर २९ गते १२:०७

झापा, २९ मंसिर – झापाको दुहागढीमा रहेको बाल सुबोधिनी निम्न माध्यमिक विद्यालयमा जरा फाउन्डेसन अक्षय कोषको स्थापना भएको छ । समाजसेवी जयप्रसाद र राधादेवी प्रसार्इंले १ लाख रुपैयाँ एक हजारको अक्षयकोषको स्थापना गरेकी हुन् । जरा फाउन्डेसनका अध्यक्ष विष्णु प्रसार्इंले अक्षय कोषबाट प्राप्त हुने...

पुस्तकालय निर्माणका लागि एक महिलाद्धारा ९ लाख रुपैयाँ सहयोग

२०७२ मंसिर २९ गते ११:२०

चितवन, २९ मंसिर – चितवनको नारायणगढस्थित एक पुस्तकालय निर्माणका लागि विदेशमा बस्ने चितवनकी एक महिलाले रु नौ लाख सहयोग गरेको छ । अमेरिकामा बसोबास गर्दै आएकी मौसमी श्रेष्ठले आफ्नो कमाइको केही रकम कटाएर स्थानीय बालकुमारी उच्च माविमा पुस्तकालय निर्माणका लागि सहयोग गर्नुभएको विद्यालयले  जनाएको...

विपद्मा खाद्य संकटबाट बच्न अन्न र आर्थिक सङ्कलनमा गाउँले आँफै जुट्दै

२०७२ मंसिर २९ गते ११:०६

इलाम, २९ मंसिर – विपद्का समयमा हुने खाद्य र आर्थिक सङ्कटबाट बच्न सिद्धिथुम्का र जीतपुर गाविसका बासिन्दाले अन्नपात र आर्थिक सङ्कलन अभियान सुरु गरेका छन् । भूकम्प, आगलागी, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपत्ति निम्तिनेप्रति सचेत बन्दै स्थानीयवासीले मंसिरको पहिलो सातादेखि अन्न र आर्थिक सङ्कलन अभियान...

वैदेशिक रोजगारीमा जाने महिलाका लागि परामर्श सुरु

२०७२ मंसिर २९ गते १०:२६

इलाम, २९ मंसिर – महिलाका लागि वैदेशिक रोजगार सुरक्षित पार्ने उद्देश्यले वर्क इन फ्रिडम कार्यक्रम यहाँ सुरु भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र जिल्ला विकास समितिको संयोजनमा दुई नगरपालिका र १३ गाविसमा वैदेशिक रोजगारमा जान लागेका र गएर फर्किएका महिलाका लागि लक्षित...

वैदेशिक रोजगारी ऐन छिट्टै लागू हुने

२०७२ मंसिर २८ गते १८:३३

काठमाण्डु, २८ मंसिर-श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन वैदेशिक रोजगारी ऐन छिट्टै लागू गरिने बताएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा उनले वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया...

सौराहामा हात्ती महोत्सव आयोजना गरिने

२०७२ मंसिर २८ गते १७:४६

चितवन, २८ मंसिर – चितवनको रत्ननगरस्थित सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिने भएको छ । आज पत्रकार सम्मेलन गर्दै क्षेत्रीय होटल सङ्घ सौराहाले आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो । ‘समाज संरक्षण र समृद्धि’ नाराका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us