बर्दिया, ३ पुस – लामो समयदेखि नियन्त्रण लिई छोटी भन्सार कार्यालय गुलरियामा राखिएका मोटरसाइकल लिलाम गर्न नसक्दा लाखौँको राजस्व घाटामा गएको छ । यातायात कार्यालय नेपालगन्जका इन्जिनियरले लिलाम सामग्रीको मूल्य अत्यधिक तोकेपछि मोटरसाइकल लिलाम हुन नसकेको हो । मोटरसाइकल लामो समयदेखि लिलाम नगरी भन्सार कार्यालयमै...
बागलुङ, ३ पुस– चार महिनादेखि ग्यासको चरम अभाव व्यहोरिरहेका यहाँका व्यवसायी तथा सर्वसाधारण उपभोक्ता चर्को मूल्यका दाउरा प्रयोग गर्न बाध्य छन् । ग्यासको तुलनामा दाउराको प्रयोगले दोब्बर बढी खर्च उठेको होटल तथा रेस्टुराँ व्यवसायी बताउँछन् । बजारमा दाउराको माग बढेपछि बेच्नेहरुले पनि मूल्य बढाउँदै...
बाजुरा, ३ पुस– सुदूर र मध्य पश्चिमका पहाडी जिल्लामा यस वर्षको बर्खे बाली खडेरीले नफल्दा घरमा हातमुख जोड्न गाह्रो हुने भन्दै गाउँका बालबालिकासहित भारतमा जाने क्रम सुरु भएको छ । हुम्लाको कालिका गाविसका पङ्कज शाहीले आफ्ना १० वर्षका छोरा र छिमेकका केही अरू बालबालिकासमेत...
भक्तपुर, २ पुस – भक्तपुरमा लोकप्रिय ग्यासले कालोबजारी गरी ग्यास बिक्री गरेको पाइएपछि उपभोक्ताले डिलर सञ्चालकमाथि कारबाहीको माग गरेका छन् । भक्तपुर दूधपाटीमा लोकप्रिय ग्यासको डिलर रहेको सिद्ध पोखरी सप्लायर्सले एक महिना अगाडि कुपन बाँडेका उपभोक्तालाई ग्यास नदिई खरिपाटी लगेर होटल सञ्चालकलाई वितरण गरेपछि...
चितवन, २ पुस – जिल्लाको रत्ननगरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले विद्युत् लाइन काट्ने र छड्के जाँच अभियान चलाएपछि महसुल उठ्ने क्रम बढेको छ । रत्ननगरमा लाइन काट्न थालेपछि एकै दिन चार लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न थालेको छ । बुधबार केन्द्रले २८ जनाको लाइन...
खोटाङ, २ पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४५६ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष ४८५ मेट्रिक टन पुगेको हो । गत वर्ष रु ८० करोडको अलैँची बिक्री गरिएको थियो...
पाँचथर, २ पुस – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा अकबरे खुर्सानी उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ११४ हेक्टर क्षेत्रफलमा लगाइएको खुर्सानी अहिले १६६ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष ८७२ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो भने यस...
काठमाण्डु, २ पुस – सरकारले अत्यावश्यक इन्धन र आवश्यक समन्वय गर्ने हो भने आर्थिक वर्ष २०७४/७५ भित्र दुई हजार ४२९ मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने देखिएको छ । ऊर्जा मन्त्रालयले आज व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा पेस गरेको तथ्याङ्कअनुसार इन्धनको सहज उपलब्धता हुने हो...
चौतारा, २ पुस – गत वैशाख १२ गतेको भूकम्प र भारतीय नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ । विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२।२ मेगावाटको उक्त आयोजना २०७२ साल कात्तिकमा सम्पन्न...
काठमाण्डु, २ पुस – भूकम्प, भारतको अघोषित नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनले आर्थिक गतिविधिमा पारेको नकारात्मक असरका कारण बिमा क्षेत्र विस्तार हुन सकेको छैन । भूकम्पपछि आम मानिसमा बिमासम्बन्धी चेतनाको विकास भए पनि त्यसले मूर्तरुप लिन नसकेको बिमा समितिले जनाएको छ । अर्थतन्त्र र...
काठमाण्डु, २ पुस – इन्धन अभावका कारण पछिल्लो समयमा पर्यटकीय सवारी साधनमा यात्रागर्ने क्रम बढेको छ । भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि पर्यटक चढ्ने सवारीसाधनमा यात्रागर्ने क्रम बढेको हो । ९० सवारी साधन आबद्ध भएको टुरिस्ट बस एसोसियसन अफ नेपाल (टिवान) मा दिनहुँ...
पर्सा, १ पुस– नेपालका लागि आयात गरिएका ७० ट्रक औषधि सिमापारी रक्सौलको लक्ष्मीपुरमा चार महिनादेखि थन्किएको छ । भारत सरकारले रिरुटिङको अनुमति दिएपनि ढुवानीका साधन उपलब्ध नभएको कारण ४५ करोड मूल्यभन्दा बढीको औषधि नाका पारी रक्सौलमै थन्किएको हो । मधेस केन्द्रित दलको बन्द हडताल...