रसुवा, ११ पुस – भूकम्पसँगै क्षति पुगेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग पुनःमर्मत एवम् निर्माणपछि आवतजावतमा सहज भएको छ । जिल्ला प्राविधिक कार्यालय रसुवाका प्रमुख इन्जिनियर मदनमोहन श्रेष्ठका अनुसार लाङटाङ पदमार्ग मर्मत/निर्माणपछि स्याफ्रुबेंसी– खामजिङ–सेर्पागाउँ–रिम्चे हुँदै लाङटाङ क्याङ्जेनसम्म यात्रा गर्न सहज वातावरण भइसकेको छ । उनले...
काठमाण्डु, ११ पुस– भारतको अघोषित नाकाबन्दीपछि मुलुकले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै रु ८० अर्ब बराबरको घाटा बेहोर्नु परेको छ । तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण सङ्कट गहिरिँदै जाँदा मुलुकको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको हो । मौजुदा दक्षिणी नाकामा समस्या उत्पन्न...
गोरखा, ११ पुस – गोरखाको ताङ्लीचोक गाविस–४ स्थित पातीस्वाँरा गाउँका युवाले जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । आटिमिसिया (एक प्रकारको जापनिज बिरुवा) प्रशोधन गरी औषधि उत्पादन गर्न ३० लाख रुपैयाँको लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो । जापानमा बसेर फर्केका स्थानीय माकी गुरुङको सक्रियतामा...
पाँचथर, ११ पुस– पाँचथरको यासोकमा रहेको पृथ्वी उच्च माविमा लामो समयको शिक्षणपछि अवकाश प्राप्त प्रधानाध्यापक चन्द्रप्रसाद निरौलाले सो विद्यालयमा एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । उनले जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको र अक्षयकोष क्रमिकरुपमा...
काठमाण्डु, १० पुस– तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण कुल भन्सार राजस्वमा ५५ प्रतिशत हिस्सा ओगटेको वीरगन्ज भन्सार नाकाबाट राज्यलाई २१ अर्बभन्दा बढी घाटा लागेको छ । चालु आव २०७२÷७३ को असोज, कात्तिक र मङ्सिरमा मात्र उक्त भन्सार नाकाबाट २१ अर्ब २१...
रुपन्देही, १० पुस – इँट्टा उत्पादनका लागि आवश्यक कोइला (इन्धन)को अभावमा रुपन्देहीका इँट्टा उद्योगको उत्पादन ठप्प भएको छ । चार महिनादेखिको मधेस आन्दोलन र त्यसलगत्तै भारतले गरेको नाकाबन्दीका कारण कोइला भित्र्न नपाउँदा व्यवसायीले इँट्टा पोल्न नपाएको गुनासो गरेका छन् । असोजदेखि वैशाखसम्मलाई इँट्टा उत्पादन...
परासी , १० पुस – नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रका उद्योग कलकारखाना पुनः बन्द भएका छन् । दुई साताका लागि बन्द खुकुलो पारेको मधेसी मार्चाले पुनः जिल्लामा बन्दलाई निरन्तरता दिएपछि सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रका उद्योग कलकारखना बन्द भएका हुन् । विशेष गरी मोर्चाले बन्दलाई...
चौतारा १० पुस – सिन्धुपाल्चोकको भोटेकोसी करिडोरमा ३९ मेगावाटको मध्यभोटेकोसी–१ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । पैतालिस मेगावाटको भोटेकोसी जलविद्युत् आयोजनाबाट निस्केको पानीलाई सदुपयोग गरी निर्माण गरिन लागेको सो आयोजनाबाट प्रभावित फुिल्पङ्कट्टी गाविसमा वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । ‘तारा...
जिरी, १० पुस– सात अर्ब ५० करोड लगानीमा पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाण्डुले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित एक कार्यक्रममा संस्थाले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताएको छ । जिरी नगरपालीकाको–...
बनेपा, १० पुस – पशु तथा चौपायालाई काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा खोरेत रोगविरुद्धको खोप (फुट माउथ डिजिज) निःशुल्क लगाउन थालिएको छ । जिल्लाको कुशादेवी, खोपासी, भकुण्डे, मण्डन देउपुरलगायत २० गाविसमा पहिलो चरणमा ६ लाख रुपैयाँ बरावरको करिब २० हजार डोज खोरेतविरुद्ध खोप लगाइएको हो ।...
काठमाण्डु, ९ पुस – भिवोर विकास बैंक लिमिटेड र सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड आपसमा गाभिने भएका छन् । दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भिवोर विकास बैंकका सञ्चालक समितिका अध्यक्ष मोहनदास मान्नधर र सोसाइटी बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर...
काठमाण्डु, ९ पुस – स्वदेशी उत्पादनको प्रवद्र्धन तथा व्यापार गर्ने उद्देश्यले १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपाल र नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घको आयोजनामा सुरु भएको यस आयोजनामा छालाजुत्ता तथा छालाका सामग्री प्रदर्शनीमा राखिएको...