काठमाण्डु, १४ पुस-सरकारले नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजना अगाडि सारेपनि प्रक्रियागत झन्झटका कारण सोचेजति प्रगति हुन सकेको छैन । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने उद्देश्यले सौर्य ऊर्जा प्रणालीलाई अगाडि बढाउन लागेको छ । त्यसमा अनुदानको व्यवस्थासमेत गरेको छ...
काठमाण्डु, १४ पुस– चीनले नेपालको इन्धनसंकटको समाधानमा सहयोग पुर्याउनका लागि १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदान दिने भएको छ । ६ दिने चीन भ्रमणका क्रममा चीन सरकार र उपप्रधानमन्त्री कमल थापासहितको नेपाल सरकारको टोलीलाई चीनले सो आश्वासन दिएको हो । मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन...
मुस्ताङ, १४ पुस– मुस्ताङबाट यस वर्ष दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको छ । अनुकूल मौसमका कारण गत वर्षभन्दा यस वर्ष करिब चार प्रतिशतले आलु उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । चालु आर्थिक वर्षको सिजनमा जिल्लाभर तीन हजार...
भक्तपुर, १४ पुस – मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उनको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन । निजी विद्यालयको थोरै तलबप्रति उनको आकर्षण...
काठमाण्डु, १३ पुस-अर्थमन्त्री विष्णु पौडेलले सिँचाइ मन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखलाई बोलाएर प्रगति विवरण मागेका छन् । चालु अवस्थामा रहेका आधा दर्जनभन्दा बढी आयोजनाको कार्य प्रगति र तोकिएको समयमा कार्य सम्पन्न हुने वा नहुने अवस्थाबारे...
काठमाण्डु, १३ पुस – लामो प्रतिक्षापछि पूँजी बजारलाई पारदर्शी एवम् लगानीकर्तामैत्री बनाउन सुरु गरिएको ‘मार्केट डेप्थ’ (बजारको गहिराई) हेर्नसक्ने व्यवस्थाबाट साधारण लगानीकर्ता लाभान्वित भएका छन् । विगत २२ वर्ष अगाडिदेखि यस कार्यको कल्पना गरिए पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले आफ्नो वेभसाइटमार्फत आइतबारदेखि धितोपत्र ऐनअनुसार...
भीमदत्तनगर, १३ पुस – दार्चुलाको दुँहु क्षेत्रका किसानको मकै राम्रो आम्दानीको स्रोत बनेको छ । दुँहु क्षेत्रको धारी गाविसका किसान मकैखेतीबाट मनग्य आम्दानी हुन थालेपछि आत्मनिर्भर बनेका छन् । सो क्षेत्रको मुख्य अन्नबालीका रुपमा मकै प्रशस्त मात्रामा उब्जनी हुने गरेको छ । उनीहरु मकै...
काठमाण्डु, १३ पुस । सरकारले जलविद्युत् आयोजनालाई तीव्र रुपमा विकास गर्ने लक्ष्यका साथ वैदेशिक मुद्रामा भुक्तानी प्रक्रिया सहज बनाउने भएको छ । सरकारले सार्वजनिक गरेको ‘तत्कालीन सुधार कार्ययोजना–२०७२’मा जलविद्युत् आयोजनामा अमेरिकी डलरमा लगानी गर्न पाउने र सोही मुद्रामा भुक्तानी गर्न दिने योजना समावेश गरिएको...
काठमाण्डु, १३ पुस – वन तथा भू–संरक्षण मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक प्रगतिको प्रस्तुत गरेको छ । वातावरण संरक्षण समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले प्रथम चौमासिकको प्रगतिबारे समितिलाई जानकारी गराएका थिए । प्रगतिमा प्राथमिकता विश्व बैँकको सहयोगमा...
प्यूठान, १३ पुस – जिल्लामा गतवर्ष एक करोड ६६ लाख रुपैयाँ बराबरको जडीबुटील जिल्लाबाहिर निकासी भएको छ । रिट्ठा, दालचिनीको बोक्रा तथा पात, टिमुर र अल्लो जिल्लाबाहिर निकासी भएको हो । जिल्ला वन कार्यालयकाअनुसार उक्त अवधिमा ४५ हजार ४०० किलो टिमुर मात्रै निकासी भएको...
काठमाण्ण्डु, १३ पुस– नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यस खाले कपडा र गार्मेन्टको उत्पादन बढाउन...
पोखरा, १३ पुस – आजदेखि सुरु हुने पोखरा सडक महोत्सवका कारण विद्युत्भार कटौतीको फिस्टेल गेटदेखि लगभग तीन किलोमिटर क्षेत्रको डिहिकोपाटनसम्म यतिखेर झकिझकाउ पारिएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, पोखराले प्रत्येक अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी विगत १६ पटकसम्म सञ्चालन गर्दै आएको महोत्सवको औपचारिक...