अर्थ

कागबेनीको वायु ऊर्जा २५वर्षदेखि अलपत्र !

२०७२ पुष १८ गते १५:०६

मुस्ताङ, १८ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने विकल्पमध्ये वायु ऊर्जा पनि एक विकल्प बन्न सक्ने बताइरहेका बेला हिमाली जिल्ला मुस्ताङको कागबेनीमा २५ वर्षअघि निर्माण गरिएको देशकै पहिलो वायु ऊर्जा आयोजना भने अलपत्र बनेको छ । दक्ष प्राविधिक...

इन्धन अभावले विद्युत आयोजना एक वर्ष पर धकलिए

२०७२ पुष १८ गते ८:४३

सिन्धुपाल्चोक, १८ पुस –विनाशकारी भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ । विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२ दशमलव २ मेगावाटको उक्त आयोजना २०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए...

आपूर्तिमा सहजता आउँदा पनि सामानको मूल्य घटेन

२०७२ पुष १७ गते १६:५२

भीमदत्तनगर, १७ पुस – भारतको अघोषित नाकाबन्दीको बेला सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा ५० किलो चामलको मूल्य एकहजार ९०० रुपैयाँसम्म पुग्यो । नाकाबन्दी अघि उक्त चामलको मूल्य एकहजार ५०० रुपैयाँ थियो । तर पछिल्ला दिनमा इन्धनको केही सहज आपूर्ती हुँदा समेत व्यापारीहरुले मूल्य वृद्धिलाई यथावत...

निःशुल्क ‘किसान सिम’ अभियान सञ्चालनमा

२०७२ पुष १७ गते १६:४०

काठमाण्डु, १७ पुस – कृषि उत्पादनमा पर्नसक्ने नकारात्मक प्रभाव कम गर्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको जलवायु प्रकोप समुत्थान निर्माणसम्बन्धी नमुना कार्यक्रम आयोजनाको कार्यान्वयनका लागि कृषि मन्त्रालयले निःशुल्क ‘किसान सिम’ अभियान सञ्चालनमा ल्याएको छ । कृषि व्यवस्थापन सूचना प्रणालीको विकास गरी कृषि उत्पादन र...

नाकाबन्दीका कारण बीस हजार उद्योगधन्दा बन्द

२०७२ पुष १७ गते १६:३२

काठमाण्डु, १७ पुस – भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समय नेपालमा साना ठूला गरी २० हजार उद्योगधन्दा बन्द भएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पशुपति मुरारकाले नाकाबन्दीको कारणले बन्द रहे पनि सञ्चालकहरुले...

उत्तरगङ्गा आयोजनाको ‘भौगर्भिक अध्ययन’ हुने

२०७२ पुष १७ गते १५:२०

बागलुङ, १७ पुस – जिल्लाको बोवाङ, ढोरपाटनमा बन्ने तीनसय मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त आयोजनाको प्रारम्भिक काम सुरु हुने भएको छ । सरकारी प्राथमिकतामा परेको सो आयोजनाको छिट्टै भौगर्भिक अध्ययन हुने भएको छ । आयोजना प्रमुख शिवबाला गिरीले देशको परिस्थिति सहज हुने वित्तिकै काम अघि...

धुलिखेलका तीन होम स्टेको स्तरोन्नति

२०७२ पुष १७ गते १४:३८

बनेपा, १७ पुस – काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस र धुलिखेल नगरपालिकामा रहेको तीनवटा होम स्टेको स्तरोन्नति हुन थालेको छ । उद्योग वाणिज्य सङ्घ, धुलिखेलको सहयोगमा कृषि पर्यटनअन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम अघि बढेपछि होम स्टेको स्तरोन्नति गर्न थालिएको हो । सङ्घले पात्लेखेत, भट्टेडाँडा र...

सहकारी ऐन ल्याउँदा अध्ययनको खाँचो छ: केसी

२०७२ पुष १७ गते १४:२९

काठमाण्डु, १७ पुस- उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारीसम्बन्धी ऐन ल्याउँदा धेरै अध्ययनको खाँचो रहेको औँल्याएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचौ वार्षिक साधारणसभाको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री केसीले अर्थव्यवस्थाका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा...

भारतीय रुपैयाँ सटहीको समस्या

२०७२ पुष १७ गते १४:०३

बैतडी, १७ पुस – भारतसँग सीमा जोडिएको जिल्लामा भारु सटही सेन्टर नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । दैनिकजसो भारतीय बजार जुलाघाट, पिथौरागढ गएर किनमेल, औषधि उपचारलगायत अन्य कामका लागि जाने नेपालीबाट भारतीय व्यापारीले कमिसन लिने गरेका छन् । जिल्लाको श्रीकोट गाविस– २ खिरेगाँउका कृष्णसिंह...

जिल्लाभरि बालसंरक्षण अक्षयकोष स्थापना

२०७२ पुष १७ गते ८:४९

चौतारा, १७ पुस–  बाबुआमा गुमाएका अनाथ बालबालिकाका लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले बालसंरक्षण अक्षयकोषको स्थापना कार्य सिन्धुपाल्चोकको दुई नगरपालिका र सबै गाविसमा लक्ष्यभन्दा अगाडि नै पूरा भएको छ । सन् २०११ मा तीन गाविसबाट सुरु गरिएको उक्त कार्य सन् २०१७ सम्म जिल्लाभर अक्षयकोषको...

अमेरिकी हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाका परिवारले बिमा रकम पाएनन्

२०७२ पुष १६ गते १८:११

दोलखा, १६ पुस-भूकम्पमा परी घाइते भएकाहरुको उद्धारका लागि खटिएको अमेरिकी मरिन हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुका पीडित दोलखाली परिवारका आफन्तले आठ महिना पुगिसक्दा पनि बिमा रकम पाउन सकेका छैनन् । घाइते लिएर उडेको हेलिकप्टर जेठ ६ गते दोलखाको कालिञ्चोक गाविसमा दुर्घटना हुँदा लामिडाँडा–६ का ५०...

सहकारीको १ खर्ब ८८ अर्ब रुपैयाँ रकम परिचालन

२०७२ पुष १६ गते १६:३५

काठमाण्डु, १६ पुस – राष्ट्रिय सहकारी सङ्घकोे पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रको सेयर पुँजी ६३ अर्ब रुपैयाँ र बचत दुई खर्ब दुई अर्ब रुपैयाँ रहेकोमा एक खर्ब ८८ अर्ब रुपैयाँ रकम परिचालन भएको बताइएको छ । राष्ट्रिय सहकारी विकास सङघ लिमिटेडको २३औँ वार्षिक साधाराण सभामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us