काठमाण्डु, १६ पुस-व्यवस्थापिका संसद्को विकास समितिले स्थानीयवासीका समस्या सुल्झाएर त्रिभुवन राजपथको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक विस्तार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । सडक पीडितका गुनासा सुनेपछि बिहीबारको बैठकमा समिति सभापति रवीन्द्र अधिकारीले एक महिनाभित्र स्थानीयवासीको सरोकार सम्बोधन गरेर सडक विस्तारको काम सुरु...
काठमाण्डु, १६ पुस – मुलुकमा ऊर्जाको चरम संकट भइरहेको बेला निजी क्षेत्रका प्रवद्र्धकहरुले भने जलविद्युत आयोजनाको अनुमतिपत्र लिने प्रक्रियामा नै चलाखी गर्ने गरेका छन् । विद्युत विकास विभागका अनुसार एक मेगावाटभन्दा कम क्षमताका आयोजनामा लगानी गर्न चाहने प्रवद्र्धकले क्षमता कम गरी दरखास्त पेस गर्ने...
काठमाण्डु, १५ पुस-वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकांश म्यानपावर कम्पनीले उनीहरुले तिरेको रकमको रसिद नदिने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा ठगिएकालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको संस्था पिपुल फोरमले बुधबार यहाँ सार्वजनिक गरेको विवरणअनुसार ७५ प्रतिशत म्यानपावरले विदेशिने कामदारलाई रसिद दिने...
मोरङ, १५ पुस– पूर्वाञ्चलको विराटनगरको रानी भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यो वर्षको मङ्सिर महिनामा इन्धन आयात अवस्था वृद्धी भएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पेट्रोल अघिल्लो वर्षको मङ्सिरमा दुई हजार १५२ किलोलिटर आएकोमा यो वर्ष मङ्सिरमा तीन हजार ६७२...
इलाम, १५ पुस – सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य मानिएको जिल्लाको अन्तुमा पर्यटकको चहलपहल सुरू भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम सुरू भएको हो । भारतको पश्चिम बङ्गाल, बिहारका साथै अमेरिका, जर्मनी, बेलायतलगायतबाट पर्यटक आउन...
भक्तपुर, १५ पुस – जिल्लाका किसानले अव तरकारी र खाद्यान्नबालीमा विषादीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले एक सातासम्म मनाएको ‘विषादी प्रयोग मुक्त सप्ताह’ मा सहभागी कृषकले यस्तो प्रतिबद्धता गरेका हुन् । जिल्लाका ६ वटै नगरपालिकाका विभिन्न क्षेत्रबाट सप्ताह मनाउन...
बर्दिवास, १५ पुस – चिनी कारखाना सञ्चालनमा आउने छाँट नदेखिएपछि महोत्तरीका उखु किसान कम मूल्यमा आफ्नो उखु बेच्न बाध्य भएका छन् । जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योग पछिल्लो मधेस केन्द्रित दलको आन्दोलनले सञ्चालनमा आउन नसकेपछि किसान सख्खर बनाउने व्यापारीलाई सस्तो मूल्यमा उखु बेच्न बाध्य...
मोरङ, १५ पुस – नेपाल दुग्ध विकास संस्थान पूर्वाञ्चल क्षेत्रीय कार्यालयले बन्द अवधिमा प्रत्येक महिनाको १२ दिन दूध उठाउन छाडेपछि दुग्ध किसान मारमा परेका छन् । दुग्ध विकास संस्थान पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार इन्धन अभावले दुग्ध सङ्कलन घटाएपछि किसानले उत्पादन गरेको दूधले बजार...
काठमाण्डु, १४ पुस-नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर...
काठमाण्डु, १४ पुस-अर्थमन्त्री विष्णु पौडेलले अहिलेको असाधारण अवस्थामा आफ्ना कार्यक्षमतालाई विस्तार गरेर सरकारका लक्ष्य पूरा गर्नुपर्ने बताएका छन् । चालु आवको मङ्सिर महिनासम्मको वार्षिक राजस्व सङ्कलनसम्बन्धी मंगलबारको बैठकमा उनले भने, ‘असामान्य अवस्थामा सामान्य अवस्थाको जस्तो कार्यले सफलता प्राप्त हुँदैन, त्यसका लागि थप जोड गर्नुपर्छ...
धादिङ, १४ पुस-मलेखुस्थित रिचोकटारमा पुस ९ गतेदेखि सञ्चालित माछा महोत्सवमा १८ प्रकारका माछाका स्वाद चाख्न पाइने आयोजकले दाबी गरेको छ । माछाको पर्याय बनेको मलेखुमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घ, जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन गरिएको राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा स्थानीय जात र बाहिरबाट...
परासी, १४ पुस– नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् । जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब १९ करोड उनीहरुले अझै भुक्तान लिन बाँकी रहेको छ । उद्योगहरुले प्रति क्विन्टल ४३६...