अर्थ

मेगा बैंक नवौँ वर्षमा

२०७५ साउन ७ गते १३:२४

काठमाण्डु, ७ साउन – ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय(एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह...

बजेट अभावमा मध्यवर्तीका बासिन्दाले राहत पाएनन्

२०७५ साउन ६ गते १६:१०

चितवन, ६ साउन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत रकम विगत एक वर्षदेखि पीडितले पाउन सकेका छैनन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने भन्दै सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई...

शेयर बजारः एक अर्बभन्दा बढीको कारोवार

२०७५ साउन ५ गते १६:०९

काठमाण्डु, ५ साउन – धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको...

चीनतर्फको निर्यात सन्तोषजनक – राष्ट्रबैंक

२०७५ साउन ५ गते १५:५७

काठमाण्डु, ५ साउन – चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो । नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष ०७४÷७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ...

सवारी साधन र पेट्रोलमा अतिरिक्त शुल्क हट्यो

२०७५ साउन ४ गते २१:१३

काठमाण्डु, ४ साउन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी...

पाँचसय घरलाई ग्यास सिलिण्डर र चुलो

२०७५ साउन ४ गते १०:१०

दाङ, ४ साउन – यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५००...

कार्बन व्यापारबाट नेपाल पाँच अर्ब आम्दानी गर्दै

२०७५ साउन ३ गते १५:०६

काठमाण्डु, ३ साउन – विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक...

ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन

२०७५ साउन ३ गते १४:२४

कञ्चनपुर, ३ साउन – जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ...

काठमाण्डु महानगरपालिकालाई करदातामैत्री बनाउन अभियान

२०७५ साउन ३ गते ११:३०

काठमाण्डु, ३ साउन – काठमाण्डु महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ...

काठमाण्डुमा दैनिक एक लाख ५० हजार किलो मासुको माग

२०७५ साउन २ गते १७:०६

काठमाण्डु, २ साउन – काठमाण्डुमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाण्डु चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको...

जेफ बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुग्यो

२०७५ साउन २ गते १२:०८

काठमाण्डु, २ साउन – विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति डेढ खर्ब डलर पुगेको छ । अमेजनका मालिक बेजोसको सम्पत्ति पछिल्लो १२ महिलामा ६० अर्ब डलरले बढेर डेढ खर्ब डलर पुगेको ब्लुम्बर्गको अर्बपति सूचकांकले देखाएको छ । यो सँगै बेजोस इतिहासकै सबैभन्दा धनी...

काठमाण्डुबाटै गाउँपालिकामा बैक शाखा उद्घाटन

२०७५ साउन २ गते १०:२८

काठमाण्डु, २ साउन – नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us