अर्थ

भारतले दियो नेपाल सरकारलाई दुई अर्बभन्दा बढी रकम

२०७५ साउन ११ गते १३:०४

काठमाण्डु, ११ साउन – भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त...

आजको विदेशी विनियम दर

२०७५ साउन ११ गते १०:४१

काठमाण्डु, ११ साउन – नेपाल राष्ट्र बैंकले वैदेशिक विनिमय दर शुक्रबार यसप्रकार तोकेको छ । दक्षिण कोरिया र जापानको विनिमय दर केही महँगो भएका छन् । कोरियन वान १ सयको खरिद दर ९ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८४ पैसा...

गन्यापधुराले खर्च गर्न सकेन ३३ लाख !

२०७५ साउन ११ गते १०:१७

डडेल्धुरा, ११ साउन – गन्यापधुरा गउँपालिकाको गत आर्थिक वर्षमा करिव रु ३३ लाख रकम फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४-०७५ को कूल बजेटमध्ये रु ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो ।...

सामान्य अंकले घट्यो शेयर बजार

२०७५ साउन १० गते १६:३९

काठमाण्डु, १० साउन – शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर...

प्रदेश नं २ मा लक्ष्यभन्दा कम राजश्व संकलन

२०७५ साउन १० गते १५:०६

वीरगञ्ज, १० साउन – आर्थिक वर्ष २०७४-७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४-७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य...

तनहुँ जलविद्युतको ठेक्का, मेलम्ची र कुलेखानीका ठेकेदार कम्पनीलाई

२०७५ साउन १० गते १४:१४

काठमाण्डु, १० साउन – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । यो कम्पनीमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ र कुलेखानी तेस्रो आयोजनाको सिभिल निर्माण गर्ने कम्पनीहरु छानिएका छन् । आयोजनाको नदी फर्काउने, बाँध...

कतिले बढ्यो आज सुनचाँदीको मुल्य ?

२०७५ साउन १० गते १२:४५

काठमाण्डु, १० साउन – आज बिहिबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । तोलामा १०० रुपैयाँले बढेर ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

अमेरिकाबाट वायुसेवा निगमले ल्यायो नयाँ जहाज

२०७५ साउन १० गते १०:२३

काठमाण्डु, १० साउन – नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३०३–२०० सिरिजको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो ।  फ्रान्सबाट उडेको ९ एन–एएलजेड कलसाइन भएको वाइडबडी विमान सिधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।नयाँ...

आज सुनको मूल्य स्थिर

२०७५ साउन ९ गते १४:५९

काठमाण्डु, ९ साउन – बुधबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य मंगलबारको तुलनामा बुधबार कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।gold महासंघका अनुसार बुधबार सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । अघिल्लो दिन पनि सुनको...

सेतुवन्ध भन्सार कार्यालयद्धारा चौबीस करोड राजश्व संकलन

२०७५ साउन ८ गते १४:३०

इनरुवा, ८ साउन – सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए । गत आवमा रु १३...

दुई सयले घट्यो सुनको मुल्य !

२०७५ साउन ८ गते १२:३५

काठमाण्डु, ८ साउन – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

दोहोरो अंकले बढ्यो शेयर बजार

२०७५ साउन ७ गते १६:२८

काठमाण्डु, ७ साउन – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us