बेँसीशहर, लमजुङ, १६ साउन – आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो । सो अवधिमा जिल्लामा आठ हजार ५५३...
काठमाण्डु, १५ साउन – अप्पर तामाकोशी हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि सेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेर बुधवारबाट बाँडफाँड...
राजविराज, १५ साउन – राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले...
काठमाण्डु, १५ साउन – विदेशी मुद्राको मूल्य मंगलबार पनि सोमबारको जस्तै छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३०...
सुर्खेत, १४ साउन – जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४–७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आव २०७४÷७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतले रु २८ करोड ५४ लाख ५१ हजार ६५१ राजश्व संकलन गरेको हो । जग्गा रजिष्ट्रेसनमा मात्रै...
काठमाण्डु, १४ साउन – शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण...
काठमाण्डु, १४ साउन – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरसुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
सोलुखुम्बु, १४ साउन – आर्थिक वर्ष ०७४–७५ मा १३ करोड रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ । पुँजीगततर्फको एक आर्थिक वर्षका लागि जिल्लालाई प्राप्त सो बजेट समयसीमाभित्र खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका अनुसार...
काठमाण्डु, १३ साउन – आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ । क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ । समूहगत परिसूचकमा ५ समूह...
काठमाण्डु, १२ साउन – धितोपत्र बजारमा यस साता रु एक अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्...
त्रिशूली, नुवाकोट, १२ साउन – जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४-७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार...
काठमाण्डु, ११ साउन – राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाण्डु उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको...